कला

थारु गीत ‘तुही हो तुही’ मा प्रदीपसँग रियाशाको रोमान्स

इकागज |
बैशाख १०, २०७८ शुक्रबार ११:६ बजे

काठमाडौं :  थारु भाषाको ‘तुही हो तुही’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बिहीबार सार्वजनिक गरिएको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा उत्सव दाहालको क्यामेरा, चन्द्र चौधरीको मिक्सिङ र मिलन बिश्वकर्माको सम्पादन तथा कलर रहेको छ । गीतमा रंगकर्मी प्रदीप कुमार चौधरी र रियाशा दाहालको अभिनय देख्न सकिन्छ । देवदत्त क्रियसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छायाँकन गरिएको हो ।

 



Author

थप समाचार
x