कला

क्रिश्चियन बेलदेखि एन्जोलिना जोलीसम्म, जो बन्दैछन् मार्भलको सुपरहिरो फिल्मको हिस्सा

इकागज |
बैशाख १२, २०७८ आइतबार १७:२२ बजे

लसएन्जल्स : १३ वर्ष भयो मार्भलको सिनेमाटिक युनिभर्सले कमिक्सहरूलाई लाइभ एक्सनमा रुपान्तरण गर्न थालेको । तर, छोटो समयमै मार्भलका फिल्मले यस्तो दबदबा कायम गरेकी हलिउड दुई भागमा विभाजित भयो । हलिउडको सिनेमा मार्भलका सिनेमा र राम्रा सिनेमा गरी दुई भागमा बाँडियो ।

मार्टिनस्कोरसिज जस्ता निर्देशकले मार्भलका सिनेमालाई नै मान्न नहुने तर्कसमेत गरे । तमाम आलोचनाका बावजुद मार्भलका फिल्मको बजारमा हलिउडमा मात्र हैन संसारभर नै बढ्दो क्रममा छ । यो सिलसिलालाई निरन्तरता दिँदैछन् मार्भलमा जोडिने हलिउडका थप ठूला नामले । यो नाममा क्रिश्चियन बेलदेखि एन्जोलिना जोलीसम्म छन् । 



१. क्रिश्चियल बेल (लभ एन्ड थन्डर,२०२२)
‘थोर’ शृंखलाको ‘थोर नगनारोक’ले बक्स अफिसमा तहल्का पिटेपछि यसको नयाँ शृंखला ‘लभ एन्ड थन्डर’को सबलाई प्रतीक्षा छ । तर, यही शृंखलामार्फत् क्रिश्चियन बेल पनि मार्भलको हिस्सा हुन लागेपछि दर्शक यो फिल्म हेर्न थप आतुर छन् । अझ रमाइलो कुरा त के छ भने बेल यो फिल्ममा सुपरहिरो हैन भिलेनको रुपमा आउँदैछन् । फिल्ममा क्रिस हेम्सवर्थ, नाटालिया पोर्टमेनले आआफ्नो भूमिकालाई निरन्तरता दिने त छँदैछ ।

२.राचेल वेइज र फ्लोरेन्स पू (ब्ल्याक विडो,२०२१) 
स्कारलेट जोन्सनले नताशा रोमानोफको रुपमा मार्भलका अन्य फिल्ममा अरु हिरोलाई सघाउँदै आएकी हुन् । तर, पहिलोपल्ट उनको भूमिकालाई मात्र केन्द्रमा राखेर ‘ब्ल्याक विडो’ बनेको छ र जोन्सनलाई यो पटक अभिनयका थप दुई ठूला नामले साथ दिएका छन् । ती नाम हुन्, राचेल वेइज र फ्लोरेन्स पूले । राचेल वेइज र फ्लोरेन्स पूले दुवैले पहिलो पटक मार्भलका फिल्ममा डेब्यू गरेका हुन् ।  

३.महर्सला अली (ब्लेड, २०२२)
केभिन फेगले ‘ब्लेड’ बनाउने खबर र यसको मुख्य भूमिकामा महर्सला अलीको छनोट सन् २०१९ को ठूलो खबर थियो । फिल्ममा अलीले आधा मान्छे र आधा भ्याम्पायरको रुपमा मार्भलको सिनेमाटिक युनिभर्समा डेब्यू गर्न लागेका हुन् । सन् २००० को छेउछाऊमा यसका तीन भागले तहल्का मच्चाएका थिए । 

४. सलमा हायक, एन्जोलिना जोली,मा दोङ सिअक (इटर्नल्स, २०२१)
पुरानो कथा नयाँ कलाकार । अहिले विश्व सिनेमामा सनसनी मच्चाइरहेकी क्लोई झाओ निर्देशित यो फिल्म मल्टिस्टारर कलाकारले भरिएको छ । तर, जो छन् एकसेएक । यो फिल्मबाट एन्जोलिना जोली, सलमा हायकसँगै ‘गेम अफ थ्रोन’ स्टार रिचार्ड मेडन, किट हयारिङटन, कोरियन स्टार मा दोङ सिअक र भारतीय मुलका कुनैल नान्जअनीले मार्भलको यात्रा सुरु गर्दैछन् ।

५.ओवेन विल्सन (लोकी, २०२१) 
कमेडी शैलीका फिल्ममा ज्यादा देखिने ओवेल विल्सनको बेग्लै फ्यानबेस छ । यही कारणले मार्भलले ओवेनलाई ‘लोकी’मार्फत् आफ्नो दुनियाँमा स्वागत गरेको छ । बाँकी फिल्मको टे«लरको तुलनामा यो फिल्मको ट्रेलर हास्यरसले भरिएको छ ।

६.एमिलिया क्लार्क र ओलिभिया कोलमेन (सेक्रेट इन्भेजन,२०२१) 
नेटफ्लिक्समा धमाका मच्चाइरहेको ‘दि क्राउन’मा गरेको अभिनयका कारण ओलिभिया कोलमेन यतिबेला दर्शकमा मनमा छिन् । तर, पुरानै भए पनि ‘गेम अफ थ्रोन’की एमिलियालाई कसले बिर्सन सक्ने । ब्रिटिशमुलका यी दुई अभिनेत्री एक साथ स्क्रिन सेयर गर्दैछन् ‘सेक्रेट इन्भेजन’मा । यो फिल्मलाई ‘स्पाइडरमेनः फार फ्रम होम’ र ‘क्याप्टेन मार्भल’को स्पिन अफ मानिएको छ । दुवैले पहिलो पल्ट मार्भलको सिनेमामा काम गरेका हुन् ।

७. इथन हक र अस्कर आइज्याक (मुन नाइट, २०२१) 
इथन हकलाई दुनियाँले लभरब्वाईको रुपमा चिन्छ । ‘बिफोर सनराइज’को ट्रिओलोजीका कारण उनी प्रेमीको रुपमा दर्शकको मनमा अमर छन् । तर ‘मुन नाइट’मार्फत् इथन मार्भलको फिल्ममा आउँदैछन् र फिल्ममा प्रशस्त ढिस्सुम ढिस्सुम गर्नेछन् । यही फिल्मबाट अस्कर आइज्याकले पनि मार्भलको दुनियाँमा प्रवेश गरेका छन् । 

मार्भलले ‘गार्जियन अफ ग्यालेक्सी’मार्फत् पनि नयाँ कलाकारलाई आफ्नो दुनियाँमा सामेल गर्दैछ । यो क्रममा यसले बलिउडका केही कलाकारलाई पनि लिन लागिरहेको चर्चा छ ।


 


 


Author

थप समाचार
x