‘हेर्ने कथा’ले निर्माण गरेको डकुमेन्ट्री देखाउँदै ‘किम्फ फेस्टिभल’ सुरु हुने
काठमाडौं– काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’ को २० औँ संस्करण ‘हेर्ने कथा टिम’ले निर्माण गरेको डकुमेन्ट्री देखाउँदै सुरु हुने भएको छ । ‘बाघको बंगारा’ शीर्षकको उक्त डकुमेन्ट्री मह काढ्ने व्यक्तिको साहसिक यात्रामाथि आधारित छ ।
उक्त समूहले डकुमेन्ट्री बुधबार काठमाडौंमा पत्रकार सम्मेलनबीच देखाएको थियो । निर्माता विद्या चापागाईंले डकुमेन्ट्रीमा आफूहरूले मह काढ्ने कथा मात्र नभएर त्यहाँसम्म पुग्न उनीहरूले गर्ने संघर्षपूर्ण यात्रालाई पनि समेटेको बताइन् । चापागाईंले अहिलेसम्म मह काढ्ने व्यक्तिमाथि थुप्रै डकुमेन्ट्री बने पनि उनीहरूको साहसिक यात्राबारे बिरलै देखाइने गरेको उल्लेख गरिन् ।
राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा चल्ने महोत्सवको यसपटकको मूल नारा ‘सस्टेनेबल समिट्स’ रहेको छ । जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्षित गरी नारा बनाइएकाे आयोजकले जनाएको छ ।
फिल्म फेस्टिभल मंसिर २२ देखि २६ गतेसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया