कला

इन्सले आयोजना गरेको 'विश्व नेपाली साहित्य सम्मेलन' सकियो

इकागज |
बैशाख १४, २०७८ मंगलबार १२:१४ बजे

 अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) द्वारा आयोजित विश्व नेपाली साहित्य सम्मेनल भव्यरुपमा सम्पन्न भएको छ । गत शुक्रवार वैशाख १० गते सुरु भएको सम्मेलन ११ र १२ गते गरी तीन दिनसम्म संचालन भएको हो ।

भर्चुअलरुपमा आयोजना गरिएको सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्घाटन समारोह, कविका कुरा, कविता विशेष सत्र, लोकसाहित्य विशेष सत्र, गजल विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान विशेष सत्र, नेपाली साहित्यको अनुसन्धान विशेष सत्र र  छलफल तथा समापन समारोह गरि ११ ओटा चरणमा विभाजन गरिएको थियो ।


उद्घाटन सत्रमा पोखरा विश्व विद्धालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको प्रमुख आथित्यता रहेको थियो भने विशिष्ट अतिथिहरूहरुमा काठमाण्डौ विश्वविद्यालयका  पूर्व डिन प्राडा टंकनाथ शर्मा, आख्यानकार तथा वरिष्ठ समालोचक प्राडा राजेन्द्र सुवेदी, इतिहासकार, सामाजिक अध्ययन तथा शिक्षा विज्ञ प्राडा श्रीरामप्रसाद उपाध्याय, आख्यानकार, समालोचक तथा साहित्यकार प्राडा शुष्मा आचार्य,  प्राडा मोतिलाल घिमिरे, त्यसैगरी विशेष अतिथिको रुपमा   नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव डा तुलसी भट्टराई, बरिष्ठ आख्यान्कार कवि सरुभक्त,  साहित्यकार तथा मानाङ्क नेपाली भाषाका अभियन्ता प्राडा खगेन्द्र लुईटेल, संस्कृत तथा नेपाली साहित्यविद्  डा अलका आत्रेय चुडाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा हेमनाथ पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य  समाज (अनेसास) बोर्ड अफ ट्रष्ट्रिजका अध्यक्ष गीता खत्री, अनेसासकै केन्द्रीय अध्यक्ष प्रकाश पौडेल `माईला´, गैर आवासीय नेपाली संघ, भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा, त्यसैगरी भाषाविद डा तारामणि राई,   साहित्यकार डा रेणुका सोलु, अनेसासकै वरिष्ठ उपाध्यक्ष गोवर्दन पूजा, डा भगवती उपाध्याय, साहित्यकार तथा शोधकर्ता    डा नेत्र एटम, डायस्पोरा विज्ञ डा. बाबुराम खनाल, साहित्यकार तथा अनुसन्धान बिज्ञ डा गीता त्रिपाठी,  लोकसाहित्य अध्येता प्रभा भट्टराई, डा. पुष्पा शर्मा घिमिरे, साहित्यिक अध्येता डा बिन्दु शर्मा, आख्यानकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, कवि उपेन्द्र सुव्बा,     भोजपुरी साहित्यकार प्रमोद कुमार पाण्डे,

मैथिली साहित्यकार विजयदत्त मणीलगायत नेपाली भाषा तथा साहित्य र अन्य विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तिहरुका साथै सयौं अग्रज साहित्यकार र साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x