कला

भीम विराग प्रतिष्ठानले ६ जना व्यक्तिलाई पुरस्कृत गर्ने

इकागज |
पुस ६, २०७९ बुधबार २१:१२ बजे

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले ६ जना व्यक्तित्वलाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी पहिलो चरणमा विभिन्न क्षेत्रबाट पुरस्कृत हुने ६ जना व्यक्तिको नाम र प्रादेशिक पुरस्कार सार्वजनिक गरेको हो ।


सार्वजनिक गरिएका ब्यक्तिलाई पुमकवानपुर - ष ९ गते शनिबार एक समारोहकाबीच पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव केशवलाल श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरे साहित्यकार भावना सापकोटालाई पुरस्कृत गर्ने भएको छ । सापकोटालाई १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने भएको छ । सरकारी शिक्षक पेशामा आवद्ध रही साहित्य सिर्जनामा क्रियाशील सापकोटा  आँचल साहित्य कला पुञ्जकी अध्यक्ष समेत हुन ।

यस्तै भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदी पुरस्कृत हुने भएकी छिन । बालसाहित्यमा सक्रिय सुवेदीलाई प्रदान गर्न लागिएको पुरस्कारको राशी ७ हजार ५ सय रुपैयाँ रहेको छ ।

यसैगरी विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार मकवानपुरका लोक गायक रविन्द्रकुमार चेपाङलाई प्रदान गरिने भएको छ । सरिखेत पलासेका स्थायी बासिन्दा चेपाङ रेडियो नेपालबाट ५० को दसकमा लिइएको स्वर परिक्षामा समेत सफल गायक हुन । चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने भएको हो ।

यता चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार साहित्यकार बासुदेव गुरागाईँलाई प्रदान गरिने भएको छ । साहित्यमा पिडालु पण्डितको उपनामले चिनिने गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ । गुरागाई हेटौंडा १८ हर्नामाडीका स्थायी बासिन्दा रहि नेपाल सरकारको सह सचिबबाट सेवा निवृत कर्मचारी हुन । हाल काठमाडौ गोंगबु निवासी गुरागाईका लघुकथा कबिता हास्यब्यङ्य सग्रह प्रकशित छन ।

यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिदैछ । बैद्यलाइ पुरस्कृत गरिन लागेको पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । बैद्य स्वास्थ्य सेवामा स्थायी कर्मचारीको रुपमा कार्यरत रही सेवा निवृत कर्मचारी तथा हेटौंडाकी सफल स्वास्थ्य व्यवसायी समेत हुन ।

अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कारबाट हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा कार्यरत दृष्टिविहीन शिक्षक विदुर अधिकारीलाई पुरस्कृत गरिने भएको छ । दृष्टिविहिन विद्यार्थीलाई नै पढाउँदै आउनुभएका अधिकारीलाई १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ ।

स्थापनाकालदेखि नै साहित्य, संगीत, सँस्कृति र कलाका क्षेत्रमा १२ वटा पुरस्कारको व्यवस्थापन गर्दै आएको प्रतिष्ठानले दोस्रो चरणको ६ वटा पुरस्कार आगामी माघ महिनामा दिइने बताइएको छ । 

पुरस्कृत व्यक्तित्व र पुरस्कार सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा  प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, निवर्तमान अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, उपाध्यक्ष विष्णुगोपाल महर्जन, सहयोगी मुक्तिगोविन्द वैद्यको उपस्थिति थियो ।


Author

थप समाचार
x