कला

‘डर’ देखि ‘पद्यावत’सम्म जुन फिल्ममा अजय देवगन थिए निर्देशककाे पहिलाे रोजाइ

इकागज |
बैशाख १६, २०७८ बिहीबार १५:१२ बजे

मुम्बई :  एक्सन हिरोबाट बलिउडमा डेब्यू गरेका अजय देवगनको एउटै मात्र कमजोरी छ, त्यो हो नृत्य । त्योबाहेक अजय देवगन भर्सटाइल अभिनेता हुन् । एक्सन होस् कि कमेडी चाहे गम्भीर भूमिका नै किन नहोस् अजयले सजिलै सम्हाल्ने गरेका छन् ।

आज बलिउडमा तीन खानपछि बिकाऊ अभिनेता मानिने अजयले पनि करिअरमा केही यस्ता फिल्म छाडेका छन् जुन गरेको भए अजयको फिल्मोग्राफी झन् बलियो देखिन्थ्यो । उनले त्यस्ता केही फिल्म छोडे जुन पछि गएर सुपरहिट साबित भए । यसरी उनले छाडेका ५ को हामी यहाँ चर्चा गर्नेछौं । 
१. डर 
ककक...किरण । कखरा सिकाउने शाहरुखको यो संवाद ९० को दशकको सबैभन्दा हिट संवाद थियो । तर, शाहरुखले यो मौका पाएका थिए अजय देवगनका कारण । यश चोपडाले सुरुमा यो फिल्मको राहुल बन्न आमिर खानलाई प्रस्ताव गरेका थिए । तर, आमिरले चासै दिएनन् । यसपछि यश चोपडाको प्राथमिकतामा थिए अजय देवगन । तर, अजय यही बेला अर्को कुनै फिल्मको सुटिङका लागि उँटीमा थिए । यश चोपडाले जति प्रयास गर्दा पनि अजयले मतलब गरेनन् । अन्ततः यो भूमिका शाहरुख खानको पोल्टामा पर्यो । 
२. करणअजुर्न 
निर्देशक राकेश रोशनले यो फिल्ममा करनको भूमिकाका लागि अजय देवगनसँग कुरा गरेका थिए । अजयले स्क्रिप्ट पनि पढे । तर, स्क्रििप्ट पढेपछि उनलाई करणको हैन अर्जुनको भूमिका चैं मन पर्यो । यता शाहरुख खानको अवस्था पनि उस्तै थियो । शाहरुख भने अर्जुन हैन करणको भूमिका निर्वाह गर्न चाहान्थे । राकेश रोशनले दुवैको कुरा नमानेपछि अजय देवगन फिल्म छाड्न बाध्य भएका थिए । राकेश रोशनका अनुसार अजय देवगन पुनर्जन्मको विषयमा पनि विश्वस्त थिएनन् । अजयले छाडेपछि यो फिल्ममा सलमान खानको प्रवेश भएको थियो । 
३. कुछ कुछ होता है 
करण जौहरले आफ्नो आत्मकथामा फिल्मको पहिलो रोजाइ शाहरुख नै भएको बताएका छन् । तर, पनि कतै कतै यो फिल्मका लागि करणले अजय देवगनलाई लिन चाहेको पनि चर्चा चलेको थियो । काजोलसँग नजिक रहेका करणले फेरि किन अजयलाई लिएनन् अहिलेसम्म खुलेर बाहिर आएको छैन । आजभोलि त करणको अजय देवगन र काजलसँग बोलचालसमेत छैन । करणको ‘ए दिल है मुस्किल’सँग अजयको ‘शिवाय’ तिहारमा एकै समय रिलिज भएका थिए । यो समयमा करणले अजयका विरुद्ध षडयन्त्र गरेको आरोप अजय र काजोलको थियो । 
४. बाजीराव मस्तानी 
अजय देवगनले बराबर मराठाको भूमिकालाई न्याय कसले गर्लान् ? ‘तान्हाजी’ र ‘सिंघम’ हेरेर सजिलै अनुमान गर्न सकिन्छ कि ‘बाजीराव मस्तानी’मा अजय देवगनको भएको भए फिल्म झन् उम्दा हुन्थ्यो । निर्देशक सञ्जयलीला भन्साली पनि सोच फरक थिएन । उनको पनि रोजाइका बाजीराव अजयनै थिए । दुवैबीच वार्ता पनि भएको थियो तर पैसामा कुरा नमिलेपछि अजयले फिल्म छाडे । पछि यो भूमिका रनवीर सिंहको भागमा पर्यो र यही फिल्मबाट रनवीरको भाग्योदय भयो । 
५. पद्यावत 
‘बाजीराव मस्तानी’ मा नजुरेको संयोग ‘पद्यावत’मा पनि जुरेन । यो फिल्म पनि पहिला अजय देवगनलाई अफर गरिएको थियो । तर, फिल्मका लागि २ सय दिन छुट्याउनु पर्छ भन्ने सर्त अगाडि आएपछि अजय फिल्मबाट बाहिरिएका थिए । यही समयमा अजय ‘सिवाय’को सुटिङ गर्ने तरखरमा थिए । यसरी फेरि पनि समय बाधक भएपछि रनवीरले यो भूमिका गरेका थिए । उता रनवीरले गर्ने भनेको भूमिका शाहिद कपुरको पोल्टामा गएको थियो । 



Author

थप समाचार
x