कला

प्रियंकाले किन रोजिन् सरोगेसी ?

इकागज |
माघ ७, २०७९ शनिबार १२:५२ बजे

मुम्बई- बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका अमेरिकी गायक तथा अभिनेता पति निक जोनस बलिउडदेखि हलिउडसम्म रुचाइएका जोडी हुन् । यो जोडीले सन् २०२२ मा सरोगेसीको सहयोगले छोरी मालती मेरीलाई स्वागत गरिसकेका छन् । अहिले आएर प्रियंकाले सरोगेसीलाई नै छनोट गरिन् भन्ने कुराको खुलासा गरेकी छन् ।

प्रियंकाले सरोगेसी छान्नुपर्ने विषयमा धेरै विस्तृत त बताएकी छैनन् । तर उनले यो सबै ‘मेडिकल’कारणले गर्नुपरेको दाबी गरेकी छन् । ‘मलाई मेडिकल कम्प्लकेसन भएको थियो । त्यसकारण हामीलाई यो अत्यावश्यक कदम थियो । म यो कुराबाट खुशी छु कि म त्यो स्थानमा थिएँ, जहाँ मैले यो गर्न सकें । हाम्रो सरोगेट यती दयालु, ठूली र रमाइलो थिइन् । उनले हाम्रो यो विशेष उपहारलाई ६ महिनासम्म ध्यान दिइरहिन्’, प्रियंकाले भनेकी छन् ।


छोरी मालतीको जन्मको घोषणा गर्नासाथ प्रियंका ट्रोल बनेकी थिइन् । कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि प्रियंकाले सरोगेसीको सहयोगले बच्चा जन्माइन् भन्ने कुरा पत्याउने विषय थिएन । यस्तो अवस्थामा कैयौं कुरा पनि भए र कैयौं सिद्धान्त पनि बाहिर आए । प्रियंका र निक आफ्नो व्यस्त समय तालिकाका कारण गर्भवती हुन नपाएकोसम्म हल्ला फिजियो ।

‘तपाईं मलाई चिन्नुहुन्न । तपाईंलाई थाहा छैन कि म कुन अवस्थामा गुज्रिरहेकी छु । म आफ्नो मेडिकल हिस्ट्री या आफ्नो छोरीको मेडिकल हिस्ट्रीलाई सार्वजनिक रुपमा बताउन चाहन्नँ । यसको मतलब यो होइन कि तपाई जे पनि मनगढन्ते कथा बनाउनुहोस्’, प्रियंका भन्छिन् ।

प्रियंका र निककी छोरी मालती प्री–मेच्युर जन्मिएकी थिइन् । मालती जन्मको समयभन्दा पूरा एक ट्राइमेस्टर पहिला जन्मिएकी थिइन् । यस्तो बेला प्रियंका र निकलाई उनी जीवित हुन्छिन् या हुन्नन् भन्नेसम्म थाहा थिएन । मालतीको जन्मको तीन महिनासम्म प्रियंका र निक क्यालिफोर्नियाको रेडी चिल्ड्रेन अस्पतालको चक्कर लगाए । यो अस्पतालको आइसीयूमा मालती भर्ना भएकी थिइन् । त्यसपछि उनले लसएन्जल्सको सिडर्स–सिनाई अस्पतालमा राखिएको थियो । एजेन्सी


Author

थप समाचार
x