कार्तिक आर्यनले १० दिनको सुटिङका लागि लिए २० करोड पारिश्रमिक
काठमाडौँ- अभिनेता कार्तिक आर्यन बलिउडमा सर्वाधिक कमाउने अभिनेतामध्ये एक हुन् । उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’का लागि १ दशमलव २५ लाख रुपैयाँ पारिश्रमिक लिएका थिए ।
उनले कोभिड–१९ का बेला निर्माण गरिएको एक फिल्मका लागि २० करोड पारिश्रमिक लिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको शाहजादा भएकाले त्यो पारिश्रमिकको आफू हकदार भएको दाबी गरे ।
कार्तिकले सन् २०२१ मा रिलिज फिल्म ‘धमाका’मा १० दिनको सुटिङ गरेवापत निर्माता राम माधवानीबाट २० करोड पारिश्रमिक लिएका थिए । यद्यपि त्यो समयमा उनले यो कुराको पुष्टि गरेका थिएनन् । हालै उनले त्यो पारिश्रमिक लिएको स्वीकार्दै निर्माताले आफूलाई त्यति धेरै पारिश्रमिक किन दिए भन्ने कुरा पनि खुलाएका छन् ।
‘मैले यो फिल्मको सुटिङ कोरोनाको समयमा गरेको थिएँ । त्यो फिल्ममा केवल १० दिनको मात्र सुट थियो । त्यो मेरो मेहनतको पैसा थियो । म आफ्नो निर्मातालाई १० दिन त के २० दिनमा पैसा दोब्बर गरिदिन्छु,’ उनले भनेका छन् ।
कार्तिकका अनुसार सन् २०२२ मा रिलिज फिल्म ‘भूल भूलैया २’को सफलतापछि उनी आफूलाई हिरो नम्बर वान सम्झन्छन् ।
कार्तिकको आउन लागेको फिल्म ‘आशिकी ३’ हो । जसको निर्देशक अनुराग बसुले गरेका छन् । यसबाहेक उनी कृति सेननका साथ फिल्म ‘शहजादा’मा पनि देखिँदैछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया