कला

कंगनाको ट्विटर हयान्डल सस्पेन्ड

इकागज |
बैशाख २१, २०७८ मंगलबार १३:२९ बजे

मुम्बई :  बोल्यो कि पोल्यो भने जस्तो छ कंगना रनावतको बोली । जे ट्विट गर्छिन् कसै न कसैलाई छेड्खानी गरेकै हुन्छ । पछिल्लो समय भने उनका ट्विट मोदीको गुणगान गाउन र उनका विपक्षीको मानमदर्नमा केन्द्रित हुने गरेका छन् । 

पश्चिम बंगालमा मोदी नेतृत्वको भाजपाको नराम्रो हार भयो । यसले मोदीलाई भन्दा बढी दुःख कंगना रनावतलाई भयो । सोमबार मात्र उनले पश्चिम बंगलामा राष्ट्रपति शासन लागु गर्नुपर्ने र ममतालाई तह लगाउन मोदीले विराटरुप धारण गर्नुपर्ने ट्विट गरेकी थिइन् । 


तर, कंगनाको यो कुरा ट्विटरले रुचाएन । भर्खरै निर्वाचन भएको ठाउँमा भाजपा हार्यो भन्दै राष्ट्रपति शासन लाउने कुरा जायज थिएन । भएन उनको कुरा सिधा सिधा हिंसा निम्त्याउने खालको थियो । सम्भवतः यही कारण ट्विटरले मंगलबार उनको ट्विटर ह्यान्डल सस्पेन्ड गरिदियो । ट्विटरले उत्तेजक र हिंसा भड्काउने ट्विटमाथि बन्देज लगाउँदै आएको छ । केही महिना पहिले ट्विटरले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि ट्विटर सस्पेन्ड गरिदिएको थियो । 

कंगना पहिलोचोटि सस्पेन्सनमा परेकी भने होइनन् । यसअघि पनि ट्विटरले उनको खाता रोक्का गरेको थियो । यसबेला उनले ट्विटर छाडेर भारतकै अर्को कुनै ब्लगिङ साइट चलाउने धम्की दिएकी थिइन् । तर, खाता फुक्का भएसँगै कंगना ट्विटरमा नै सक्रिय हुन थालिन् । 


Author

थप समाचार
x