कला

एन्जोलिना जोली र सलमा हायकको ‘इटर्नल्स’मा यस्तो लुक, ‘ब्ल्याक प्यान्थर’ र ‘क्याप्टन मार्भल’ सिक्वेलले पाए नाम

इकागज |
बैशाख २१, २०७८ मंगलबार १४:१० बजे

लसएन्जल्स :  मार्भल सिनेमाटिक युनिभर्सले रोचक भिडियो सेयर गर्दै मार्भलको फेज ४ अन्तर्गत रिलिज हुने फिल्मको नाम सार्वजनिक गरेको छ । तीन मिनेट लामो अवधिको भिडियोमा मार्भलले दर्शक हलमा गएर सिनेमा हेर्न आतुर रहेको सन्देश पनि दिएको छ । भिडियोमा ‘इटर्नल्स’का दुई मुख्य कलाकार एन्जोलिना जोली र सलमा हायकका केही दृश्य देखाइएको छ भने बाँकी फिल्मका सिक्वेलको नाम सार्वजनिक गरिएको छ । 

‘इटर्नल्स’मा एन्जोलिना जोलीलाई तरबार खेलाउँदै गरिएको देखाइएको छ भने सलमा हायक क्याटगल्सको अवतारमा देखिएकी छिन् । यसैगरि, ‘ब्ल्याक प्यान्थर’को नयाँ भाग ‘ब्ल्याक प्यान्थर : वाकन्डा फरएभर’को नाम रिलिज हुनेछ भने ‘क्याप्टन मार्भल’ ‘मार्भल्स’को नाममा रिलिज हुनेछ । ‘स्पाइडरमेन’को नयाँ सिरिज ‘स्पाइडर मेन : नो वे होम’ नाममा रिलिज हुनेछ । 


मार्भलले सन् २०१९‘स्पाइडरमेन : फार फ्रम होम’रिलिज गरेयता हलमा नयाँ फिल्म रिलिज गर्न पाएको छैन । स्थिति नियन्त्रणमा रहे मार्भलले ‘ब्ल्याक विडो’बाट रिलिजको खाता खोल्नेछ । स्कारलेट जोन्सन अभिनीत यो फिल्म यही वर्षको जुलाई ९ मा रिलिज हुने तालिका छ ।

त्योसँगै यो साल साङ ची एन्ड दिन लिजेन्ड अफ टेन रिङ्स सेम्टेम्बरमा रिलिज हुनेछ भने यो पटकको अस्कर विजेता निर्देशक क्लोई झाओ निर्देशित ‘इटर्नल्स’अक्टोबरमा रिलिज हुनेछ । डिसेम्बरमा ‘स्पाइडर मेन नो वे होम’ रिलिज भएसँगै मार्भलको यो सालको रिलिजको कोटा पूरा हुन्छ । 


Author

थप समाचार
x