'छुकछुक छुकछुक’ बोलकाे गीत मार्फत बेथितिविरुद्ध बाेल्न आह्वान (भिडियोसहित)
काठमाडौं– जागृत रायमाझीको शब्द संगीतमा रहेको 'छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत शनिबार ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।
रायमाझीको रचना तथा संगीत रहेको याे गीतमा सुरज पण्डितको आवाज रहेको छ । त्यस्तै संगीत संयोजनमा आभास श्रेष्ठ, मिक्सिङमा फिरोज बज्राचार्य, टुङ्गनामा छेवाङ तेन्जिङ योन्जन, मुर्चुङ्गामा हिरण राई, मादलमा पोषण घर्ती मगर, बाँसुरीमा रत्न विश्वकर्मा र सारङ्गीमा धर्म गन्धर्व रहेका छन् ।
मल्लाज प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको उक्त म्युजिक भिडियोको कथा तथा निर्देशन केदार श्रेष्ठकाे रहेकाे छ भने कार्यकारी निर्मातामा भानुभक्त थापा छन् । प्रतीक सिंहले सम्पादन गरेको गीतमा स्वयम मास्केले छायांकन गरेका छन् ।
म्यूजिक भिडियोमा सुरज पण्डित, सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायत कलाकारकाे अभिनय देख्न सकिन्छ ।
देशमा भएको बेथितिले गर्दा लाखौँ युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य भएको कथालाई गीतमा समेटिएकाे छ । वैदेशिक रोजगारीको शिलशिलामा विदेश पलायन भएका युवायुवतीलाई नेपालमा अहिले भइरहेको बेथितिको विरुद्ध आवाज उठाउन आह्वानसमेत गरिएको छ ।
भिडियो;
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया