कला

प्रज्ञाले आजीवन सदस्यलाई सुविधा नदिने

इकागज |
फागुन १५, २०७९ सोमबार १७:५० बजे

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरुलाई पारिश्रमिक/सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।

प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरुले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक/सुविधा उपलब्ध नगराउने निर्णय भएको जानकारी दिएको हो । 


नेपाल प्रज्ञा प्रष्ठिानको ऐन बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने भएकाले विश्वविद्यालयहरु तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यहरुलाई प्रतिष्ठानबाट पारिश्रमिक/सुविधा उपलव्ध नगराउने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिए । उनले प्रतिष्ठानको निर्णयप्रति असहमति भए जानकारी गराउन पनि आग्रह गरेका छन् । दोहोरो भत्ता लिने प्रवृतिलाई अन्य गर्नका लागि प्रतिष्ठानले पहल सुरु गरेको उनले बताए ।

यस विषयमा साहित्यकार तथा पत्रकार घनेन्द्र ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हाल उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको समयमा नेपाल प्रज्ञाप्रतिष्ठानले यस्तो निर्णय गरेको हो ।

त्यस्तै प्रतिष्ठानले परिषद् सदस्यहरुको कार्यविभाजन पनि गरेको छ । 


Author

थप समाचार
x