कला

मर्लिनको सनसनी मचाएको त्यो नांगो फोटो जसको उनले एक पैसा पनि पाएकी थिइनन्

इकागज |
बैशाख २३, २०७८ बिहीबार १२:४१ बजे

लसएन्जल्स :  सन् १९५० र ६० को दशकमा मर्लिन मुनरो सेक्स सिम्बोलको रुपमा परिचित थिइन् । उनको यो परिचय बनाउने एउटा कारण थियो प्लेब्वाईमा पहिलो पटक छापिएको उनको नग्न तस्बिर । तर, अचम्म के थियो भने न उनले यो तस्बिर प्लेब्वाईका लागि खिचेकी थिइन् न यसको पैसा पाएकी थिइन् । 

फिल्ममा अभिनय गर्नु अघि मर्लिन मोडल थिइन् । मोडलिङ गर्दा गर्दै उनले २० फक्स सेन्चुरीसँग सम्झौता गरेकी थिइन् । यही कारण उनले २० फक्स सेन्चुरी र कोलम्बिया पिक्चर्सले बनाएका केही फिल्ममा सानो तिनो रोल गरिन् ।


तर, यो सम्झौता सकिएपछि मर्लिन फेरि बेरोजगार बनिन् । उनी फेरि मोडलिङको दुनियाँमा फर्किन् । यतिबेला मर्लिन यति भुक्का भएकी थिइन् कि कारको किस्ता तिर्ने पैसा पनि थिएन । यही बेला टम केलीले उनलाई ५० डलर दिएर केही तस्बिर खिचेका थिए जसमा नग्न फोटो पनि थियो । 

जर्ज बेरिसले लेखेको मर्लिनको जीवनी अनुसार उसबेला मर्लिनले नांगो फोटो खिच्ने मन्जुरी दिएकी थिइन् अनुहार नचिनाउने सर्तमा । केलीले पनि हुन्छ भनेका थिए । तर, केली फोटो खिच्नेक्रममा सर्तमा कायम रहन सकेनन् । 

यसको केही समयपछि केलीले यी तस्बिर बेचिदिए , वेस्टर्न लिथ्नोग्राफ कोलाई । केलीले ९ सय डलर लिएर यी तस्बिर बेचेका थिए । पछि यी तस्बिर आए ‘गोल्डेन ड्रिम्स पाइनअप क्यालेन्डर’मा । तर, यतिबेला मर्लिन मुनरोलाई कसैले चिनेकै थिएन । कसको नग्न तस्बिर आयो–गयो कसैलाई मतलब नै भएन । तर, यसको एक वर्षपछि भने स्थिति फेरियो । मर्लिन रातारात स्टार बनिसकेकी थिइन् । 

प्लेब्बाईको भित्री पृष्ठमा छापिएको मर्लिन मुनरोको तस्बिर ।

यो देखेपछि प्लेब्वाई म्यागजिनका संस्थापक ह्युग हेफनरले वेस्टर्नसँग मर्लिनको फोटो लिए, ५ सय डलरमा । उनले ढिला नगरी फोटो छापे, सन् १९५३ को अंकमा । मर्लिनको नग्न फोटोसहितको ब्लेब्वाईको अंकको मूल्य थियो, ५० सेन्ट ।  तर, ब्लेब्वाईको यो अंकले सनसनी मच्चायो ।

प्लेब्वाईले यही अंकबाट मात्र लाखौं कमायो । मर्लिन र हेफनरको जिन्दगी कहिलै भेट भएन । तर, उनलाई आफ्नो फोटोले यसरी लाखौं कमाउँदा पनि हेफनरले धन्यवादसम्म पनि नभनेकोमा भने उनको गुनासो थियो । हेरिस लिखित किताबमा उनले भनेकी थिइन्, ‘मेरो फोटोबाट उनीहरुले लाखौं कमाए तर मैले ५० डलरभन्दा बढी केही पाइँन । आफ्नै फोटो छापिएको पत्रिका पनि आफैंले किन्नु परेको थियो ।’


Author

थप समाचार
x