कला

‘जोकर’ सिक्वेलका लागि वाकिनको चर्को डिमान्ड

इकागज |
मंसिर २, २०७७ मंगलबार १४:५६ बजे

अघिल्लो साल प्रदर्शन भएको वाकिन फिनिक्स अभिनित ‘जोकर’ले मिश्रित प्रतिक्रिया पायो । केहीले फिल्मलाई औधी मन पराए भने केहीले फिल्मले हिंसाको पक्षपोषण गरेको भन्दै फिल्मको आलोचना पनि गरे । भर्खरै निर्देशक डेभिड फिन्चरले पनि फिल्मले मानसिक रोगलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै फिल्मको आलोचना गरेका थिए ।

फिल्मको प्रतिक्रिया मिश्रित रहे पनि सबैले स्वीकारेको सत्य के थियो भने, फिल्ममा वाकिन फिनिक्सले दमदार अभिनय गरेका थिए । यही कारण उनले ९२ औं संस्करणको अस्कर अवार्डमा उत्कृष्ट अभिनेताको ट्रफी उचालेका थिए । विवादका बीच पनि फिल्मको सिक्वेल बन्ने चर्चा थियो । तर, अभिनेता वाकिनले सिक्वेलमा आफू नरहने बताएका थिए । केही महिनायता वाकिनले फिल्म खेल्ने मन बनाएको तर यसका लागि महंगो रकम मागेको चर्चा हुन थालेको छ । 



उनले दोस्रो र तेस्रो भागका लागि ५० मिलियन डलर मागेको निकट स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा जनाइएको छ । निर्माण कम्पनी मार्भल डिसी पनि वाकिनलाई मागेको रकम दिन तयार रहेको पनि समाचारमा उल्लेख छ । यति मात्र होइन डिसी र वार्नर ब्रोज मिलेर जोकरभर्स पनि बनाउने तयारी गरिरहेका छन् । एउटा भाग जिम क्यारीलाई खेलाउने सम्मका कुरा पनि बाहिरिएको थियो । यो खबरको औपचारिक पुुष्टि भने भएको छैन । 


Author

थप समाचार
x