निफको चौथो संस्करण बिहीबारबाट सुरु
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण बिहीबार सुरु भएको छ । भर्चुअल रुपमा सम्पन्न महोत्सवमा बिहीबार नै बलिउड निर्देशक अनुराग कश्यपले उत्पल झासँग अन्तक्र्रिया गदै सिनेमाका विभिन्न आयामको बारेमा कुरा गरेका थिए ।
उद्घाटन सत्र दुई भागमा विभाजन गरिएको थियो । पहिलो भागमा फिल्म सम्बन्धी संघ संस्थाका प्रतिनिधीले फेस्टिभललाई शुभकामना दिएका थिए भने दोस्रोमा भागमा अनुराग कश्यपले सम्बोधन गरेका थिए ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ आयोजना हुँदै आएको फेस्टिभलको चौथो संस्करणमा अध्यक्ष केपी पाठकले महामारीले हाम्रो मनोबल कमजोर बनाएको छैन है भन्ने सन्देश दिन पनि भर्चुअल माध्यमबाट नै भए पनि फेस्टिभल आयोजना गर्न लागेको बताएका थिए ।
‘नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत् नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने निफको उद्देश्य हो । महामारीमा पनि यो क्रम नटुटोस् भन्ने लागेर फेस्टिभल नरोकेका हौं,’ पाठकले छोटो सम्बोधनका क्रममा भनेका थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म महोत्सवले विभिन्न देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास ब्यक्तm गरेका थिए । अवको फिल्म बजारलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रियकरण गर्न निफ जस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
उनले विकास बोर्डले स्टोरी बैंक, अवैतनिक साँस्कृतिक दूत र विदेशी बजारमा जाने फिल्मकर्मीलाई नगद सहयोग आदि कार्यक्रम लागू हुने क्रममा रहेको बताउँदै सरकार पनि फिल्मकर्मीलाई सहयोग गर्न तम्तयार रहेको बताएका थिए ।
कार्यक्रमका विशेष अतिथिका रुपमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फँुयालले निफ जस्ता अन्तर्राष्ट्रिय चलचित्र महत्सवहरुले चलचित्रको माध्यामबाट नेपाली कला , संस्कृति र पर्यटनलाई विश्व सामु प्रचार गर्ने र देश भित्र पनि धेरै रोजगारीको सृजना गरेको हुँदा यो क्षेत्रलाई सरकारी योजना भित्र पार्न सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्तm गरेका थिए ।
निफका सल्लाहकार नीर शाहले विगतदेखि नै आफूले निफका कार्यक्रमलाई नजिकबाट नियालेको बताउँदै छोटो समयमा प्रशंसा योग्य गतिविधिहरु संचालन गर्दे आएको र यसको निरन्तरताका लागि सरकार र सरोकारवालाहरुले विशेष सहयोग गर्नु पर्ने बताएका थिए ।
सिनेमालाई अत्यन्तै नजिकबाट समाजसँग जोड्न निफको महत्वपूर्ण भूमिका रहेको बताउँदै संगीत , साहित्य र सिनेमाको अध्यन महत्वपूर्ण रहेको हुँदा यो समाजको ऐनाको रुपमा स्थापित भएको पनि शाहले बताए ।
नेपालीचलचित्रका सफल निर्देशक तथा निफको फिचर फिल्म प्रतिष्पर्धाको प्रमुख निर्णायक रहेका तुलसी घिमिरेले निफको कार्यक्रमहरु फलदायी र समय सान्दर्भिक रहेको बताउँदै समग्र चलचित्र क्षेत्रको विकाश र विस्तारको लागि यसको भूमिका अतुलनीय रहेको बताए ।
साथौ वृतचित्र र लघु चलचित्र प्रतिष्पर्धाकी प्रमुख निर्णायक भारतकी फजिया फतिमा , चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्र साँखी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला लगतयतका वक्ताले निफको भूमिकाको प्रशंसा गर्दे निरन्तरताको लागि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।फेस्टिभलमा शुक्रबारदेखि फिल्म प्रदर्शन र नेपाली सिनेमा सम्बन्धी बहसहरु सञ्चालन हुनेछन् । फेस्टिभल सोमबार सकिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया