कला

सञ्चारकर्मी बरालको 'खानदानी छोरी' सार्वजनिक

इकागज |
बैशाख २५, २०७८ शनिवार ६:३४ बजे

काठमाडौँ : सञ्चारकर्मी ईश्वरी बरालको 'खानदानी छोरी' गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा ईश्वरी बरालको स्वर छ । राजेन्द्र भट्टले पप स्वर दिएका छन् ।  

टुरिष्टजंग विश्वकर्माले लेखेका शब्दमा राजेन्द्र भट्टले नै संगीत भरेका छन् । गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । टिकटकका कलाकारलाई लिएर बनाइएको भिडियोमा नयाँ युवा युवतीको मोडलिङ छ ।


सञ्चारकर्मी बरालको यो चौथो गीत हो । यसअघि उनका 'हरेक रात', 'नरिसाउन होई' लगायतका गीत सार्वजनिक भएका थिए । 
 


Author

थप समाचार
x