कला

पूजा र आँचल पहिलो पल्ट भिडियोमा सँगै

इकागज |
बैशाख २५, २०७८ शनिबार ७:९ बजे

काठमाडौं : नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो ।

भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । यो गीतमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ । भिडियोको  निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।



भिडियोमा पूजा र आँचल आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन् । 

 


Author

थप समाचार
x