कला

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएका नियुक्ति विरुद्ध रंगकर्मीहरू आन्दोलित

इकागज |
चैत १२, २०७९ आइतबार १२:१५ बजे

काठमाडौँ- नाट्यकर्मीहरूको एक समूह नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिविरुद्ध आन्दोलनमा उत्रिएको  छ । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेको हो । उनीहरुले नियुक्तिविरुद्ध अदालतमा  रिट दायर गरेका हुन् ।

पत्रकार सम्मेलन गरी उनीहरूले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ मा गरिएको नाम सिफारिस कुलपतिलगायतका नियुक्तहरू र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधानविपरित भएको दाबीसहित विरोधमा उत्रिएको हाे।


नियुक्तिविरुद्ध आफूहरू न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको जनाए । अदालतले दिने निर्णय आफूहरूले सहर्ष स्वीकार गर्नेसमेत उनीहरूले बताए । उनीहरूले प्रजातान्त्रिक व्यवस्थामा दलहरू नै प्रमुख हुने र दलले नै भागबण्डा गरे पनि त्यो स्वीकार्य भएको तर सक्षम व्यक्तिलाई पदमा राख्नुपर्ने भनाई राखे ।

साथै उनीहरूले नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि प्रश्न गरे । उनीहरूले भने नियुक्त भएका व्यक्तिहरूको योग्यताबारे जनतालाई बुझाउन हामी सरकारलाई उनीहरूको बायोडाटा सार्वजनिक गर्न चुनौती दिएका छन् ।


Author

थप समाचार
x