कला

टेलर स्विफ्ट बनिन् ‘ग्लोबल आइकन’ जित्ने पहिलो महिला

इकागज |
बैशाख २७, २०७८ सोमवार ११:१६ बजे

लन्डन : अमेरिकी गायिका टेलर स्फ्टि ‘ग्लोबल आइकन ब्रिट अवार्ड’ जित्ने महिलो महिला भएकी छिन् । लन्डनको ओटु एरिनामा हुने समारोहमा मंगलबार उनलाई सो उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ ।

अवार्ड आयोजकले टेलर स्विफ्टले संगीतमार्फत् विश्वमा पारेका प्रभाव र संगीतमा गरेको योगदानलाई आधार मानेर सो उपाधि प्रदान गर्न लागेको जनाएको छ । 
‘टेलरको करिअर अतुलनीय छ र उनको संगीत र व्यक्तित्वलाई विश्वका लाखौं मानिसले आत्मसात गरेका छन्’ ब्रिट अवार्डको विज्ञप्तिमा भनिएको हो । विज्ञप्तिमा


उनले आफ्नो प्लेटफर्मबाट समसामयिक मुद्धा उठाउने गरेको र अल्पसंख्यक तथा तेस्रो लिंगीका कामलाई पनि प्रोत्साहन गर्ने गरेकाले उनलाई अवार्ड दिने निर्णय गरेको जनाइएको छ । यो भन्दा अघि इल्टन जोन, रोबी विलियम्स र डेभिड बावीले ‘ग्लोबल आइकन अवार्ड’ पाएका छन् । 

गएको महिना टेलरको ‘फियरलेस’ एल्बमले युकेको नम्बर वन एल्बमको स्पट कब्जा जमाएको थियो । यो उनको तेस्रो एल्बम थियो जसले युकेको चार्टमा २५९ दिनसम्म पहिलो स्थानमा रहन सफल भएको थियो । 

मंगलबार हुने समारोह ४ हजार दर्शकबीच हुने र समारोहलाई ज्याक ह्वाइटहलले सञ्चालन गर्ने कार्यतालिका रहेको छ  । ब्रिट अवार्डमा दुआ लिपा, आर्लो पार्कस्, सेलेस्टे, टी एन्ड बुग्से र निर्माता जोएल कोरी तीन विधामा मनोनयनमा परेका छन् । 


Author

थप समाचार
x