कला

नेट्फ्लिक्स र अमेजन प्राइम पछि हलिउड फरेन प्रेसको विरोधमा स्कारलेट जोन्सन

इकागज |
बैशाख २७, २०७८ सोमबार १२:१४ बजे

लसएन्जल्स : गोल्डेन ग्लोब अवार्ड आयोजना गर्ने हलिउड फरेन प्रेस एसोसिएसनले अघिल्लो हप्ता महत्वपूर्ण सुधारहरू लागु गर्ने निर्णय गर्यो । यसमा गोल्डेन ग्लोब आयोजना गर्ने समूहमा अश्वेत र अन्य जात समुदायका मानिसको पनि संख्या बढाउने एक थियो ।

तर, हलिउड फरेन प्रेसको यो निर्णयले उल्टै विवाद निम्त्याएको छ । अमेजन प्राइम तथा नेटफ्लिक्स जस्ता ओटीटी प्लेटफर्मले अब देखि फरेन प्रेससँग सहकार्य नगर्ने बताएका छन् । उनीहरूको माग छ, ‘फरेन प्रेस वा गोल्डेन ग्लोबको आयोजना पारदर्शी होस् । संस्थाले जात र रंगका आधारमा गर्ने विभेद सच्याउनु पर्यो ।’


विश्वका दुई ठूलो ओटीटी प्लेटफर्मले फरेन प्रेसलाई बहिरष्कार गरेको घोषणा लगत्तै हलिउड अभिनेत्री स्कारलेट जोन्सनले पनि प्रेसलाई फिल्म उद्योगले नै बहिष्कार गर्नुपर्ने बताएकी छिन् । शनिबार उनले विज्ञप्ति जारी गर्दै प्रेसले हार्भे वेन्स्टिेन जस्तोलाई समर्थन गर्ने गरेको बताउँदै यसले गोल्डेन ग्लोबको छविलाई नै धुमिल बनाएको बताएकी छिन् । 

‘कलाकारको रुपमा फिल्मको प्रचारका लागि कन्फ्रेन्समा वा फिल्मको प्रिमियरमा जानुको मतलब हो प्रेसका सदस्यको छाडा प्रश्नको शिकार बन्नु । जबसम्म प्रेसले आधारतभूत तहमै परिवर्तन गर्दैन तबसम्म त्यसलाई बहिष्कार गर्नु नै जाती हुन्छ’ स्कालेटले भनेकी छिन् । 

स्कारलेटको प्रतिक्रिया नेट्फ्लिक्समा कार्यकारी अधिकृत टेड सरानडोेसले गोल्डेन ग्लोबमा फिल्म नपठाउने निर्णय आए लगत्तै भएको हो ।  उनलाई पछ्याउँदै अमेजनले पनि गोल्डेन ग्लोबमा सहकार्य गनृ नसक्ने जनाएको थियो । 

चार दिन अघि मात्र फरेन प्रेसले संरचनामा सुधार गर्ने भन्दै काला जातिका मानिसलाई सदस्य बनाउने, समावेशी बनाउने र विविधतालाई अंगीकार गर्ने पक्षमा मतदान गरेको थियो । ८६ सदस्य मध्ये ७५ सदस्यले नयाँ सुधारको पक्षमा भोट गरेका थिए ।

सोही दिन गरिएको निर्णयमा आचार संहिता उल्लंघनका मुद्दालाई सम्बोधन गर्ने संयन्त्र बनाउने पनि निर्णय गरेको थियो । गत साल गोल्डेन ग्लोब आयोजना गर्ने समूहमा एक जना पनि काला जातिका मानिस नरहेको खबर सार्वजनिक भएपछि फरेन प्रेसमाथि सुधारको दबाब थियो , अझ गत साल यसका अध्यक्षले ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनलाई  घुणा बढाउने आन्दोलन भनेपछि यसको तीव्र आलोचना भएको थियो । 


Author

थप समाचार
x