कला

‘हिरोका श्रीमतीले फिल्मबाट निकाले’

इकागज |
मंसिर ३, २०७७ बुधबार १४:११ बजे

मुम्बई: अभिनेत्री तापसी पन्नुले करिअरको सुरुवातमा आफूले धेरै संघर्ष गर्नु परेको बताएकी छिन् । फिल्म फेयर पत्रिकासँग कुरा गर्दै उनले कतिपय फिल्मबाट आफूलाई हिरोले नै निकालेको पनि खुलासा गरेकी छिन् । ‘कतिपय फिल्मबाट हिरोले निकाले किनकि उनीहरूका श्रीमती म फिल्मको हिस्सा भएको उनीहरू रुचाउन्नथे,’ उनले कुराकानीमा भनेकी छिन् । 

तापसीले फिल्म उद्योगमा गडफादर नहुँदा पनि धेरै हन्डर ठक्कर खाएको बताएकी छिन् । ‘मेरा कोही गडफादर थिएनन् जसले मलाई कामको ग्यारेन्टी गर्न सक्थे । त्यसैले मैले जति हिट फिल्म दिउँ या फ्लप म सधैं बाहिरिया रहें । आज पनि म कसैको रिकमन्डेसनमा विस्थापित हुन्छु,’ उनले भनेकी छिन् । 


हिजोका दिनमा जेजस्तो दुःख गर्नु परे पनि आज तापसी भारतकी सफल अभिनेत्री मध्ये गनिन्छिन् । दक्षिण भारत र बलिउड दुवैतिर सक्रिय तापसीले ‘पिंक’, ‘थप्पड’, ‘बदला’ जस्ता फिल्मबाट आफूलाई उम्दा अभिनेत्री प्रमाणित गरेकी छिन् । तापसीले ‘चश्मे बद्दुर’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । 


Author

थप समाचार
x