कला

जेष्ठ नागरिकका लागि उपयोगी श्रीधर लामिछानेको ‘सहज बुढ्यौली’ कृति सार्वजनिक

इकागज |
बैशाख ६, २०८० बुधबार १९:१६ बजे

काठमाडौं– लेखक श्रीधर लामिछानेको ‘सहज बुढ्यौली’ कृति सार्वजनिक भएको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्रकुमार राय यादव लगायतले पुस्तक लोकार्पण गरे ।

पुस्तक सार्वजनिक गर्दै मन्त्री यादवले लामिछानेको ‘सहज बुढ्यौली’ कृति जेष्ठ नागरिकका लागि उपयोगी पुस्तक भएको भन्दै चर्चा गरे । उनले मन्त्रालयको पहलमा जेष्ठ नागरिकका महासंघ मार्फत देशभर पुर्याउन भूमिका निर्वाह गर्नेसमेत बताए ।


लोकार्पित कृति बारे टिप्पणी गर्दै पुस्तकका टिप्पणीकार चेतनाथ कँडेल ‘सहज बुढ्यौली’ जेष्ठ उमेर लाग्दै गरेका सबैले सिरानीमा राखेरै पढ्नु पुस्तक रहेको बताए । पत्रकार भैरव रिसालले पुस्तकमा चाहिने कुरा मात्र रहेको र गफ नरहेको बताए । उनले मन्त्री रायलाई मुलुक किन बिग्रेको भनी प्रश्न गरे । 

कार्यक्रममा लेखकलाई शुभकामना दिँदै पूर्व परराष्ट्र मन्त्री विमला पौडेल राईले लामिछानेका पुस्तक जेष्ठ नागरिक, कानुन बनाउने,कार्यान्वयन गर्ने र मन्त्री लगायतका हातहातमा पुर्याउन आवश्यक रहेको बताइन् ।

पुस्तकका सम्पादक श्रीश भण्डारी हुन् । उनले समाजमुखी पुस्तक सम्पादन गर्दा आफूलाई निकै सन्तुष्टि मिलेको पनि बताए । 

खक लामिछानेले व्यवहारमा राष्ट्रियता देखाउन सक्ने मानिसहरूको संगतबाटै सहज बुढ्यौली लेखिएको बताए । राष्ट्रिय जेष्ठ नागरिक महासंघका उपाध्यक्ष अम्विका केसीले लेखकले महत्वपूर्ण कृति ल्याएकोमा शुभकामना दिँदै महासंघ सधैं लामिछानेको साथमा रहेको बताए ।
 


Author

थप समाचार
x