कला

हलिउड फरेन प्रेस विवाद : टम क्रुजले गोल्डेन ग्लोबको ट्रफी फर्काउने, एनबीसीले प्रसारण नगर्ने

इकागज |
बैशाख २८, २०७८ मगलवार १४:११ बजे

लसएन्जल्स : समावेशी बनाउने उद्घोष गरेर सञ्चार माध्यममा आएको हलिउड फरेन प्रेस झन् विवादमा फसेको छ । सुधारका काम थाल्ने भनेर टाइम लाइनसमेत निकाले पनि धेरैले प्रेसको कुरालाई पत्याएका छैनन् ।

स्कारलेट जोन्सन र मार्क रफेलो पछि टम क्रुजले पनि प्रेसको विरुद्धमा मुख खोलेका छन् । उनले विरोध स्वरुप आफूले पाएका गोल्डेन ग्लोबका ट्रफी फिर्ता गर्ने उद्घोष गरेका छन् । भेराइटीका अनुसार उनले ‘बर्न अन दि फोर्थ अफ जुलाई’, ‘जेरी म्यागुरे’ र ‘म्यागनोलिया’बाट पाएको ती गोल्डेन ग्लोब फिर्ता गर्ने निर्णय गरेका हुन् । 
मे ३ मा हलिउड फरेन प्रेसले प्रतिनिधित्वबाट बन्चित रहेका समूहबाट २० नयाँ सदस्य थप्ने र १८ महिनामा यस्ताको सहभागिता ५० प्रतिशत पुर्याउने घोषणा गरेको थियो । गत वर्ष लस एन्जल्स टाइम्सले गोल्डेन ग्लोब आयोजन ागर्ने कमिटीमा एक जना पनि काला जातिका सदस्य नरहेको समाचार छापेको थियो । पछि खोजी गर्दै जाँदा सन् २००२ देखि यसमा काला जातिका सदस्य नरहेको पत्ता लागेको थियो । 


हलिउड फरेन प्रेसका सदस्यमाथि प्रेस मिटमा विशेष सुविधा खोज्ने गरेको र यस्ता समारोहमा सेक्सिस्ट प्रश्न सोध्ने गरेको आरोप लाग्दै आएको थियो ।यसैबीच गोल्डेन ग्लाबको अवार्ड समारोह प्रसारण गर्दै आएको एनबीसी टेलिभिजनले पनि आइन्दा गोल्डेन ग्लोब प्रसारण नगर्ने घोषणा गरेको छ । टेलिभिजनले पनि प्रेस एसोसिएसनले विविधताका लागि गम्भीर भएर काम गरेको महसुस नहुँदासम्म समारोह प्रसारण नगर्ने जनाएको छ । 

    


Author

थप समाचार
x