कला

जी फाइभले कतिमा किन्यो सलमानको ‘राधे’ ?

इकागज |
बैशाख २८, २०७८ मगलवार १५:३ बजे

मुम्बई :  चार दिन इदको अवसर पारेर सलमान खान र दिशा पटानी अभिनीत ‘राधे’ रिलिज हुँदैछ । भारतमा यो पहिलो फिल्मको हो जुन हल र ओटीटीमा एक साथ रिलिज हुँदैछ । हलमा रिलिज हुन ठिक्क परेको फिल्म कोभिडको दोस्रो लहरका कारण ओटीटीमा रिलिज हुन लागेको हो ।

हाइब्रिडसँगै यसलाई ओटीटीका लागि दोस्रो ठूलो रिलिज मानिएको छ । यसअघि अक्षयकुमारको ‘लक्ष्मी बम’ पनि ओटीटीका लागि ठूलो फिल्म मानिएको थियो । 
तर हलमा रिलिज हुन लागेको फिल्म जी फाइभले किनेसँगै यसको मोलको बारेमा धेरैलाई चासो थियो ।


बलिउड हंगामाले रिलिजको पूर्वसन्ध्यामा यो फिल्मका लागि जीले सलमान खानलाई १ सय ९० करोड तिरेको जनाएको छ । बलिउड हंगामाका अनुसार सुरुमा यो फिल्म २ सय ३० करोडमा जीले लिने चर्चा थियो । तर, महामारीलाई ख्याल गर्दै सलमान केही पैसा कम गर्न तयार भएपछि १ सय ९०मा कुरा मिलेको हो ।

यो फिल्मको बजेट २ सय करोड हाराहारी बताइएको छ । विदेश र हलमा चलेको कमाइ भने पूर्व अवस्थामा जस्तै निर्माताको हुनेछ । जीका विभिन्न च्यानलसँगै यो फिल्म विदेशका ४० देशमा पनि रिलिज हुँदैछ । भारतकै पनि ७०–८० हलमा यो फिल्म रिलिज हुन लागेको बताइएको छ ।

महामारीका कारण मल्टिप्लेक्स भने खुल्न नसकेपछि सलमानले त्यसका सञ्चालकसँग माफी मागेका छन् । उनले मल्टिप्लेक्सको आग्रहलाई मानेर नै पहिले नै ओटीटीमा रिलिज गर्न लागेको फिल्म रोकेका थिए । प्रतीक्षा बावजुद हलमा रिलिज गर्ने वातावरण नभए पछि जीलाई बेचेका थिए । ओटीटीमा यो फिल्म हेर्न भारतीय दर्शकले २ सय ४९ रुपैंया तिर्नुपर्नेछ । 


Author

थप समाचार
x