Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कला

देवताका दुःख चित्रमा

इकागज |
बैशाख १४, २०८० बिहीबार १९:२७ बजे

काठमाडौं- राजधानीको सिद्धार्थ आर्ट क्यालरीमा सुरु भएको आधुनिक चित्र प्रदर्शनी हेर्न आधुनिक चित्र सेक्सनको ढोकाबाट छिर्ने दर्शकमध्ये ढोकामै धेरै जना एकछिन अड्किन्छन् । त्यसपछि तिनीहरूमध्ये धेरैको मुखबाट अचानक निस्कने शब्द हो वाह ! त कसैको मुखबाट निस्कने शब्द हो, अनविलिएभल (अविश्वनिय), सो नाइस, आइ लाइक इट । 

ढोकाबाट छिर्ने वित्तिकै ठूलो आयत आकारको झुण्डाएको रंगीन र कालो सेतो चित्र देखिन्छ । यही चित्रप्रति धेरैजना आकर्षित भएका हुन् । यो चित्रको शीर्षक गड लस्ट चाइल्स हुड (भगवानले बाल्यकाल गुमाए) भन्ने छ । चित्रमा बीचमा रंगीन देवता छन् भने त्यसको दायाँबायाँ रंगहिन दुई जना बालक हात समाएर बसेमा छन्।


आकर्षक यो चित्र भक्तपुरका चित्रकार बालकृष्ण बनमालाले बनाएका हुन् । बनमालाले चित्रमार्फत झल्काउन खोजेको कुरा हो, भक्तपुरमा प्रत्येक वर्ष करिब ११ महिना हुने नवदुर्गा देवगण बन्ने पात्रका दुःख । चित्रको बीचमा श्वेत भैरव र सिमदुम छ । जुन बिहानदेखि बेलुकासम्म हुने जात्रामा खटने गर्छ । 

भक्तपुरको टोलटोलमा र काठमाडौं, काभ्रेका विभिन्न स्थानमा नचाइने प्रख्यात नवदुर्गा नाचमा देवता हुनेका दुःख उनले चित्रमार्फत् बिसाएका छन् । चित्रले जात्राको बेला बिहानदेखि बेलुकासम्म हुने कारण देवगण बनेका बच्चाहरू विद्यालय जान नपाउने उल्लेख छ । 

विद्यालय जान नपाउने भएका कारण उनीहरूको एक वर्ष खेर जान्छ । देवगण बन्ने पालो पालैपालो हुने गर्छ । अर्को वर्ष पनि देवगण बन्ने भएन भने उनीहरू नै फेरि बन्नुपर्ने हुन्छ । यसले गर्दा शिक्षाबाट वञ्चित हुन्छन् उनीहरू । यसले उनीहरूको भविष्य ओझेलमा परेको देखाउन खोजिएका छन् चित्रमा ।

चित्रमा पछाडिपट्टी तीन नै जनाको छाया कालो राख्नुको अर्थ अन्तिममा वा बुढेसकालमा देवगण बनेको तीन नै जनाको जीवन अन्धकारमय हुने गरेको वास्तविकता देखाउन खोजेको चित्रकार बनमाला सुनाउँछन् । सरकारी कर्मचारी भएको भए पेन्सिन पाउने वा संचयकोष हुन्छ । व्यापार व्यवसाय गरेको समयमा तन्न पैसा कमाएर बचत गरेको हुन्छ, तर यसमा यस्तो कुनै पनि सुविधा हुँदैन । देवतालाई भनेर चढाएका केही खानेकुरा, फलफूल हुन्छ र केही ५–१० रुपैयाँ दक्षिणा । बस उनीहरूले पाउने त्यति नै हो ।

त्यसैबाट जेनतेन गुजारा चलाएका हुन्छन् उनीहरूले । देवता बन्न नसकेपछि एक छाक खानलाउनको पनि धौधौ हुन्छ उनीहरूको । बनमालाकै अर्को कुनामा राखेको महाकालीले नृत्य गरिरहेको चित्र पनि छ । त्यसमा पनि महाकालीको मास्क अर्थात नेपाल भाषामा ख्वपा लगाएको देवता छ । 

त्यसले देवता भएपछि लगाउने आभूषण सबै रंगीन थिए तर मानिस व्ल्याक एन्ड ह्वाइट थियो । बनमालाले देवताको मास्क लगाएसम्म सबैले देवता भनेर मान सम्मान इज्जत दिइन्छ । तर जब मास्क खोलिन्छ, त्यसपछि फेरी सर्वसाधारणको रुपमा नै जीवन विताएको हुन्छ भन्ने देखाउन खोजिएको छ । 

त्यसपछि धनसम्पत्ति छ भने सम्मान गरिन्छ नभए मान्छे पनि गन्दैनन् समाजले उनीहरूलाई भन्ने दर्शाउन खोजिको छ । भक्तपुरको नवदुर्गा देवगणको जीवनशैली यस्तो छ । मास्क लाएपछि सम्मान उटारेपछि अपमान ।

निरन्तर आधुनिक चित्र भनिएता पनि नवदुर्गा देवगणको मर्म, पीडा, इच्छा आकांक्षा, भविष्यकाबारेमा झल्काउने सचेतन झल्काउने चित्र निरन्तर लागिपरेको उनी सुनाउँछन् । यसको बारेमा नसोचेको भए अहिले देवगणहरू सबै अशिक्षित हुन बाध्य हुन्थ्यो । उनको निरन्तर पहलपछि अहिले देवगण बनेका ४ जना बच्चालाई विभिन्न निकायबाट १० कक्षासम्म निःशुल्क पढाउने व्यवस्था गरिएको छ । 

विभिन्न ठाउँमा प्रर्दशनी गर्दा उनको मुख्य पात्र नै नवदुर्गा देवगण नै हुने गरेको उनी सुनाउँछन् । आफ्नो प्यासनको साथसाथै यसले देवगणको समस्याबारे सबैको ध्यानाकर्षण गर्नका लागि निरन्तर पाइला चालिरहने उनी सुनाउँछन् । 

अरु चाडपर्व जात्रामा आधुनिकीकरण प्रयोग भइसकेको छ । तर नवदुर्गा जात्रा भने अहिले पनि परापूर्वकाल कै शैलीमा चलाइरहेको देखिन्छ । अहिले पनि देवता एक ठाउँबाट अर्को ठाउँमा नाचको लागि जाने क्रममा सवारीसाधनको प्रयोग गरिदैन । नवदुर्गा देवगणको मास्क खर्पनमा बोकेर हिँडेर पुग्ने गर्दछ । भक्तपुरबाट साँंखु, बनेपा, पनौती, धुलिखेललगायतका ठाउँंहरूमा जुत्ता नलगाई हिडेरै जाने गरिन्छ । 

सिद्धार्थ आर्ट ग्यालरीका संस्थापक संगीता थापाले सबैको चित्रमा गहिरो अर्थ बाकेको बताउँछिन् । तर भक्तपुरका चित्रकार बालकृष्ण बनमालाको चित्रमा अर्थको साथसाथै जिवित व्यक्तिहरूको कथा पनि झल्काउने गरेको बताउँछिन् । मलाई लाग्छ भक्तपुरको नवदुर्गा देवगणको बारे चित्र प्रर्दशनीमा ल्याउने उनी पहिलो व्यक्ति हुन्, उनी भन्छिन् । अहिले पनि अधिकांश प्रर्दशनीमा उनले नवदुर्गाका पात्रहरूलाई नै समाबेश गर्ने गरेको उनी सुनाउँछिन् ।

त्यस्तै देवेन्द्र सिंख्वालले नयाँपन झल्काउनको लागि यसपालि कुरकुला देवीको मूर्ति स्यामश्वेत (कलोसेतो) मा बनाएको बताए । खासमा पौभा भनेको रंगीन हुन्छ तर स्याश्वेत पनि बनाएर हेरौं भनेर भाइ र मैले मिलेको बनाएको हो, उनले भने । तर यो पूजा गर्नको लागि हुँदैन, थपे उनले ।

प्रर्दशनीमा आशा, क्रान्ति, खुसी, आत्म सन्तुष्ति, माया, फ्रस्टेसन (तनाव) अन्य मनोरञ्जनात्मक चित्र प्रस्तुत गरिएको छ । भक्तपुरलाई केन्द्रित गरेर प्रर्दशनी गरिएको छ । न्युज कारखाना


Author

थप समाचार
x