कला

‘क्याप्टन मार्भल’को भूमिकाबाट हट्दै ब्रि लार्सन

इकागज |
बैशाख ३०, २०७८ बिहिवार १२:३ बजे

लसएन्जल्स :  केही वर्षयता मार्भल सिनेम्याटिक युनिभर्सको फिल्म क्याप्टन मार्भलको हिस्सा हुँदै आएकी ब्रि लार्सन अब भने यो फ्रेन्चाइजबाट बाहिरिने भएकी छिन् । मार्भलले क्याप्टन मार्भलको नयाँ फिल्मबाट ब्रिलाई हटाउने संकेत गरेको छ । 

ब्रिले क्यारोल डेनभरको रुपमा दुई पटक मार्भलको अन्य फिल्ममा देखापरेकी थिइन् । यसबाहेक ‘क्याप्टन मार्भल’ त भइहाल्यो । ब्रि यसको दोस्रो भागमा पनि देखिने चर्चा थियो तर स्टुडियो यो योजना परिवर्तन गरेको खबर छ । 


खबरअनुसार ब्रि लार्सनको ठाउँमा स्टुडियोले कमला खान र मोनिका रामबिउ लिने सोचिरहेको छ । मार्भलले एक जनाको साटो दुई जना राखेर फिल्मलाई थप रोचक बनाउन लागेको हो । 

स्टुडियो आफैंले भने ब्रिलाई मार्भलका सबै फिल्मबाट नै निकाल्न लागेको भने होइन । खालि यो फिल्मका लागि मात्र नयाँ सुपरहिरो प्रवेश गराउन लागेका प्रतिक्रिया दिएको छ ।

केही दिन अघि मात्र मार्भलले चौथो स्लेटका फिल्मको फस्ट लुक र प्रदर्शन मिति सार्वजनिक गरेको थियो । यही सात्र मात्र मार्भलको चार फिल्म रिलिज हुँदैछन् जसमा ‘ब्ल्याक विडो’, ‘इटर्नल्स’ मुख्य छन् । 


Author

थप समाचार
x