कला

स्वरुपा र राजकुमारको ‘जसलाई मैले’

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १७:५४ बजे

काठमाडौं : गायिका स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा बीबी अनुरागीको संगीतमा तयार भएको ‘जसले मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा निर्देशक समन अधिकारीले बुहारी पनि छोरी जस्तै हुन् यसैले उनीहरुलाई पनि छोरीको जस्तै व्यवहार गरौं भन्ने सन्देश दिएको बताएका छन् । 

यो गीतको भिडियोमा गौरव पहारी, उत्साह घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । भिडियोमा फराज अर्पणको छायांकन तथा निर्देशन सम्पादन छ । भिडियोमा आफूले प्रेम गरेको मानिसले नै साथ नदिएपछि एक महिलाले भोग्ने पीडा देखाइएको छ ।



 


Author

थप समाचार
x