कला

रसियाले छान्यो अन्तरिक्षमा सुटिङ गर्ने कलाकार

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार १२:५४ बजे

मस्को : रसियाले अन्तरिक्षमा सुटिङ गर्ने कलाकार छानेको छ । रोयटर्सका अनुसार क्यामरा पछाडि सघाउने २ र २ कलाकार गरी ४ जनालाई रोसमोकस एजेन्सीले छानेको जनाएको छ । अन्तरिक्षमा सुटिङ हुने यो पहिलो फिल्म हो । 

अन्तरिक्षमा सुटिङका लागि यो टोली अक्टोबर ५ मा जाने कार्यक्रम रहेको छ । यो फिल्मको वर्किङ टाइटल ‘च्यालेन्ज’ राखिएको छ । ४ जनाले यही महिनाको अन्त्यबाट अन्तरिक्ष जाने फ्लाइटमा अभ्यास थाल्ने बताइएको छ । 


रसियाले अडिसनबाट दुई जनालाई छनोट गरेको हो । अडिसनबाट छानिएकोमा ३६ वर्षीय युलिया पेरेसिल्ड अभिनेत्री र क्लिप सेपेन्को निर्देशक रहेका छन् । क्लिप सेपेन्का अवार्ड विजेता निर्देशक हुन् । ३६ वर्षीय युलियाले १९ जना प्रतिस्र्धीलाई अडिसनमा पछि पार्दै यो फिल्म हात पारेकी हुन् ।

 यीबाहेक एजेन्सीले ३३ वर्षीय अभिनेता अलेना मार्डोभेना र ४० वर्षीय अलेक्सेई डुडिन पनि अन्तरिक्षमा जाने क्रुमा छन् । तर, उनीहरूलाई जगेडा क्रुको रुपमा राखिएको हो । 

यसअघि नासा र टम क्रुजले पनि अन्तरिक्षमा सुटिङ गर्ने जनाएका थिए । गत साल टम क्रुज र एलन मस्कले यसको घोषणा गरेका थिए । तर, यो फिल्म कहिले सुटिङमा जाने टुंगो छैन । ‘च्यालेन्ज’ले  अन्तरिक्षमा बिरामी परेका अन्तरिक्षयात्रीको उपचारका लागि पृथ्वीबाट जाने महिला सर्जनको कथा पेश गर्ने बताइएको छ । 


Author

थप समाचार
x