कला

नोबेल पुरस्कार विजेता मलाला ‘फ्रेन्ड्स’ सिरियलमा

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १३:३४ बजे

लसएन्जल्स : बहुप्रतीक्षित ‘फ्रेन्ड्स :  दि रियुनिएन’ मे २७ मा प्रसारण हुँदैछ । अहिले बनेको ‘फ्रेन्ड्स रियुनिएन’ धेरै पहिला प्रसारण भएको कमेडी सिटकम ‘फ्रेन्ड्स’का कलाकारका पुनः जमघट हो । 

एक भागको यो सिरिजमा थुप्रै सेलेब्रिटी देखिनेछन् । एचबीओ म्याक्सका अनुसार यो सोमा जस्टिन बिबर, लेडी गागा, बीटीएस र पाकिस्तानी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसाफजाई पनि देखिनेछन् । 


रियुनिएन एपिसोडमा पहिलाको सिरिजका ६ जना कलाकारसँगै १५  जना सेलेब्रिटी अतिथि रहेनेछन् ।  रियुनिएन एपिसोड पहिला लसएन्जल्सको जुन ठाउँमा खिचिएको थियो त्यही ठाउँमा खिचिएको हो । सिरिजमा जेनिफर एनिस्टन, लिसा कुद्र, कोर्टनी कोक्स, डेभिड स्वीमर, म्याट लेब्लांक, म्याथ्यु पेरी देखिनेछन् ।

यो एपिसोडको प्रसारणका दौरान ब्रिटिश स्टा। डेभिड बेकह्याम, गेम अफ थ्रोन कलाकार किट ह्यारिङटन पनि देखिने एचबीओ म्याक्सले खुलासा गरेको छ । 
‘फ्रेन्ड्स’ एनबीसी टेलिभिजनमा १० वर्ष प्रसारण भएर सन् २००४ मा रोकिएको थियो । सन् १९९० को दशकमा यो सबैभन्दा बढी हेरिने सिरिजमा विश्वभर लोकप्रिय थियो । गत साल नै रियुनिएन प्रसारण हुने भनिए पनि महामारीले बारम्बार सुटिङमा बाधा पुर्याउँदा बल्ल यतिबेला तयार भएको हो । 


Author

थप समाचार
x