कला

झुर फिल्ममा ‘दबंग ३’ लाई उछिन्यो ‘राधे’ ले

इकागज |
जेठ १, २०७८ शनिबार १३:१४ बजे

मुम्बई :  अपेक्षामा उत्तिर्ण हुन नसकेका फिल्मलाई चल्तीको भाषामा झुर फिल्म भनिन्छ । पछिल्लो समय सलमान खानका फिल्मलाई धेरै यही शब्दले सम्बोधन गर्ने गरेका छन् । तर, कसले के भनिरहेछ भनेर खासै पर्वाह गर्ने सलमान खान एकपछि अर्को झुर फिल्म दर्शकलाई पस्किरहेका छन् ।

‘रेस ३’,‘भारत’, ‘दबंग ३’ दर्शकले झुर मानेका सलमानका ताजा फिल्म हुन् । अब यो लिस्टमा तीन दिन अघि रिलिज भएको ‘राधे’ पनि थपिएको छ । आइएमडीबीका अनुसार सलमानका झुर फिल्ममध्ये यो दोस्रो नम्बरमा आइपुगेको छ ।


आइएमडीबीको रेटिङमा यो फिल्मले जम्मा दुई रेटिङ पाएको छ जुन सलमानको अघिल्लो रिलिज ‘दबंग ३’ भन्दा पनि कम हो । ४१ हजारले दिएको रिभ्युका आधारमा फिल्मले आइएमडीबीको रेटिङमा जम्मा दुई अंक पाउन सफल भएको हो । ११ हजारले गरेको रिभ्युका आधारमा ‘दबंग ३’ले आइएमडीबी रेटिङमा ३.१ पाएको थियो । सलमानको फिल्ममध्ये सबैभन्दा कम रेटिङ पाउनेमा एक नम्बरमा भने ‘रेस ३’ छ । यो फिल्मले १.९ रेटिङ पाएको छ ।

कोरियन फिल्म ‘दि आउटलज’बाट प्रभावित यो फिल्ममाथि धेरैको अपेक्षा थियो । तर, यो फिल्मले सलमानका डाइहार्ड फ्यानलाई पनि निराश बनाएको प्रतिक्रिया आएका छन् । प्रभु देवाले निर्देशन गरेको यो फिल्ममा दिशा पटानी, रणदीप हुड्डा र जैकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन् । तर, जी प्लेक्समा रिलिज भएको यो फिल्मले पहिलो दिन भने रेकर्ड ब्रेक कमाइ गरेको आंकडा आएका छन् । 


Author

थप समाचार
x