कला

नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुँदै, १४ विधाका फिल्मलाई पुरस्कार बाँडिने

इकागज |
जेठ २, २०७८ आइतबार १३:३३ बजे

काठमाडौं :  नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिभलका संस्थापक सन्तोष सुवेदीले देशी र विदेशी फिल्म समावेश फेस्टिभलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् ।

इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् । 


‘पहिला दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करण आयोजना गर्ने तयारी थालेका हौं । यसका लागि जुरीहरू छान्ने काम पनि सुरु भइसकेको छ । फेस्टिभल  चैं डिसेम्बरमा गर्ने योजना छ,’ सन्तोषले इकागजसँग भने । 

उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।  

फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री फिल्म, उत्कृष्ट ह्युमन राइट्स फिल्म, उत्कृष्ट चिल्ड्रेन फिल्म, उत्कृष्ट वुमन फिल्म र उत्कृष्ट एनिमेटेड फिल्म गरी ७ विधामा अवार्ड बाँडिनेछ । यसमा उत्कृष्ट हुने फिचर फिल्मले ट्रफीसँग ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् भने बाँकी सबै विधाका विजेताले २ सय ५० डलर प्राप्त गर्नेछन् । 


Author

थप समाचार
x