कला

रोबिन तामाङ अभीनित हिन्दी सिरिज ‘दि लास्ट आवर’ अमेजन प्राइममा

इकागज |
जेठ २, २०७८ आइतबार १६:२५ बजे

काठमाडौं : धेरै पहिले रोबिन तामाङले हिन्दी सिरिजमा अभिनय गरिरहेको समाचार आएको थियो । तर, यो सिरिज कसले बनाएको र कहाँ प्रसारण हुने कुनै जानकारी बाहिरिएको थिएन ।

तर, १५ दिन अघि अमेजन प्राइमबाट सिरिजको ट्रेलर प्रसारण भएसँगै रोबिनले अमेजन प्राइमबाट प्रसारण हुने ‘दि लास्ट आवर’मा अभिनय गरेका रहेछन् भन्ने कन्फर्म भएको थियो । तर, ट्रेलर रिलिज भएको एक हप्तापछि नै यो सिरिज अमेजन प्राइममा आएको छ । अर्थात् शुक्रबारबाट यो सिरिज अमेजनमा उपलब्ध छ । यद्यपि ट्रेलरमा रोबिनले पर्याप्त फुटेज भने पाएका छैनन् ।  


तर, यो विषयमा इकागजले रोबिनसँग कुराकानी गर्न खोज्दा अमेजनसँग आफूले गरेको कन्ट्र्याक्टमा सिरिजको विषयमा बोल्न नपाइने  बुँदामा हस्ताक्षर गराएकाले बोल्न नमिल्ने बताए । ‘अहिले मैले यो सिरिजको विषयमा बोल्न मिल्दैन । सिरिज भर्खरै मात्र सार्वजनिक भएको छ र सिरिज सम्बन्धी जे जति प्रश्न छन् ती सबै अमेजन प्राइमको माध्यमबाट नै आउन पर्छ,’ उनले इकागजसँगको कुराकानी भने । 

रोबिन तामाङले यो सिरिजमा भिलेनको भूमिका निर्वाह गरेका छन् । सुपर नेचुरल विधाको यो सिरिजमा तामाङ यामानाडु नामको तान्त्रिक बनेका छन् । भारतको उत्तरपूर्वी राज्यको सेटिङमा आधारित कथाको सुटिङ सिक्किम र मुम्बईमा भएको हो । सिरिजमा थुप्रै सिक्किमे नेपालीको पनि अभिनय देख्न सकिन्छ । 

सिरिजलाई अस्कर विजेता भारतीय फिल्ममेकर आसिफ कपाडियाले निर्माण गरेका हुन् । अमितकुमारको निर्देशन रहेको सिरिजमा संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनसँगै दुई दुई दर्जन बढी नेपालीमुलका सिक्किमेलीको अभिनय रहेको छ । 

‘रबिन एन्ड दि रेभोल्युसन’ नामको ब्यान्डका भोकलिस्ट रोबिन पछिल्लो समय नेपाली फिल्ममा पनि भिलेनको रुपम सक्रिय छन् । उनले ‘छड्के’, ‘नाका’, ‘वन वे’ ,‘मुखौटा’ आदि फिल्ममा अभिनय गरेका छन् । 

हेर्नुस् ट्रेलर : 

 


Author

थप समाचार
x