कला

फिल्ममा पैसा घटाउन तयार छिन् तापसी

इकागज |
जेठ ३, २०७८ सोमबार १३:२९ बजे

मुम्बई :  महामारीले दुई वर्षयता फिल्म उद्योग ठप्प छ । पहिला चरणको संक्रमण खेपेर सामान्य दैनिकीमा फर्कन लागेको समयमा दोस्रो वेभ आएपछि भारतमा फिल्म क्षेत्र धरासायी बन्ला भन्ने चिन्ता बढेको छ । के कलाकार यो समयमा आफ्नोतर्फबाट केही योगदान गर्न तयार छन् ? 

तापसी पन्नुले भने आफू नयाँ परिस्थितिमा आफूले लिइरहेको पारिश्रमिक पनि कम गर्न तयार रहेको बताएकी छिन् । ‘अहिले सुटिङ भइरहेको छैन । कसैले मलाई कम पैसामा भए पनि काम गर भन्यो भने म गर्न तयार छु,’ उनले भनेकी छिन् । 


‘पिंक’ र ‘थप्पड’को सफलतापछि सबैको नजरमा परेकी तापसी अभिनयसँगै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । कंगना रनावतसँग ट्विटरमा भिडिरहने कंगनाले हालसालै अनुराग कश्यपको निर्देशनमा बनेको ‘दोबारा’काम गरेकी छिन् । 
 


Author

थप समाचार
x