कला

जेम्स बन्ड सिरिज बनाउने फिल्म कम्पनी किन्दै अमेजन

इकागज |
जेठ ४, २०७८ मंगलबार १२:५७ बजे

अमेरिका :  हलिउडको १ वर्ष पुरानो फिल्म कम्पनी ‘मेट्रो गोल्डेवेन मेयर’ (एमजीएम) अमेजनले लिने भएको छ । बीबीसीले लेखेको खबर अनुसार अमेजनले यो कम्पनी १ अर्ब अमेरिकी डलरमा किन्न लागेको हो । 

अमेजनले किनेसँगै एमजीएमले बनाएका हजारौं फिल्म अमेजन प्राइमको प्लेटफर्ममा उपलब्ध हुनेछन् । एमजीएमले थुप्रै आइकोनिक फिल्म बनाएको छ । 
टेलिकम्युनिकेसन कम्पनी एटी एन्ड टीले डिस्कभरी च्यानलसँगै वार्नर मिडियाको युनिट किन्ने सम्झौता गरे लगत्तै अमेजनले एमजीएम किन्न लागेको हो ।  


एमजीएमसँग सय वर्ष पुराना फिल्म ‘बेन हर’ र ‘विजार्ड अफ ओजी’ देखि प्रदर्शनको पर्खाइमा रहेको जेम्स बन्ड सिरिजको ‘ नो टाइम टु डाई’सम्म छन् । अमेरिकामा अहिले ठूला कम्पनीले साना कम्पनी लिने होड नै चलेको छ ।

यसमा वार्नर सबैभन्दा अघि देखिएको छ । वार्नरले केही समय अघि एचबीओ र एचबीओ म्याक्स पनि आफू मातहत ल्याएको थियो । यति गर्दा पनि एचबीओसँग जम्मा ६४ मिलियन ग्राहक छन् जबकि नेटफ्लिक्ससँग २ सय ८ मिलियन । डिज्ने प्लससँग  सय मिलियन रहेको बताइएको छ । 

यो विषयमा अमेजन र एमजीएमको भने आधिकारिक धारणा आइनसकेको छैन । तर, अमेजनले नेटफ्लिक्ससँग प्रतिस्पर्धा गर्न यो कदम चालेको अनुमान गरिएको छ । 


Author

थप समाचार
x