कला

यौन हिंसाले गर्भवती भए पछि विक्षिप्त बनेकी थिइन् लेडी गागा

इकागज |
जेठ ७, २०७८ शुक्रबार १७:९ बजे

लन्डन : संगीत निर्माताले गरेको जबर्जस्ती करणीले आफू गर्भवती भएको र यसले लामो समय मानसिक रोगी बनाएको लेडी गागाले बताएकी छिन् । लेडी गागा १९ वर्षको हुँदा ती निर्माताले उनले लुगा नखोले सम्पूर्ण गीतमा आगो लगाइदिने धम्की दिएको र जबर्जस्ती करणीले गर्भवती भएको बताएकी हुन् । 

यसको ट्रमाका कारण धेरै वर्ष पछि उनको मानसिक सन्तुलन बिग्रिएको थियो । उनले यसबाट निको हुन अढाइ वर्ष लागेको पनि बताएकी छिन् । गागाले यो कुराको खुलासा गरेकी हुन्, ओपरा विन्फ्रीको सो ‘दि मी यु कान्ट सी’ ।


ओपराले यो सो एप्पल टीभीका लागि बेलायती राजकुमार प्रिन्ससँगको सहकार्यमा तयार गरेकी हुन् । गागाले आफूले त्यो मानिसको नाम चाँडै नै सार्वजनिक गर्ने बताएकी छिन् । लेडी गागाले सन् २०१४ मा पहिलो पल्ट आफूमाथि भएको बलात्कारको विषयमा मुख खोलेकी थिइन् ।

उनीमाथि बनेको डकुमेन्ट्रीमा सबैभन्दा पहिलो यो विषयको खुलासा भएको थियो । लेडी गागाले दुई वर्ष अघि ‘स्टार इज बर्न’बाट अस्कर जितेकी थिइन् र यो समयमा पनि उनले आफूमाथि भएको यौन हिंसाको बारेमा बोलेकी थिइन् ।  


Author

थप समाचार
x