कला

मौरीसँग एन्जोलिनाको फोटोसुट

इकागज |
जेठ ९, २०७८ आइतबार १३:४८ बजे

लसएन्जल्स :  एन्जोलिना जोलीले हालसालै यस्तो फोटोसुट गरेकी छिन् जहाँ उनले १८ मिनेट मौरीसँग बस्नु परेको थियो । मौरी जिउ भरी राखेर गरेको फोटोसुट उनले नेसनल ज्योग्राफिक पत्रिकाका लागि गरेकी हुन् ।

मौरी संरक्षण दिवसको अवसर पारेर मौरी संरक्षणको सन्देश दिने उद्देश्यले उनले फोटोसुट गरेकी हुन् । फोटोसुटमा जोलीको पाखुरा, हात र अनुहारमा समेत मौरी राखिएका थियो । फोटो खिच्ने काम भने ड्यान विन्टर्सले गरेका हुन् । उनले सेटमा भएका सबैको सुरक्षाको ख्याल गरेर फोटोसुट गरिएको बताए । डन आफैं भने मौरीपालक पनि हुन् । उनले लामो समय मौरीपालन गरेका थिए । 


फोटोसुटका लागि मौरीको जोहो भने इटलीदेखि गरिएको थियो । सुटका दौरान एन्जोलिनाबाहेक अरुलाई मौरीले नटोक्ने गरी संरक्षित गरिएको थियो भने एन्जोलिना भने विना संरक्षण थिइन् । मौरी जम्मा गर्न फोटोग्राफर ड्यानले जोलीको अनुहार तथा पाखुरामा केमिकल दलेका थिए जसकारण मौरी त्यहाँ जम्मा भएका थिए । 

नेसनल ज्योग्राफिकका अनुसार जोलीलाई यो संस्थाले मौरीको ‘गडमदर’ उपाधि पनि दिएको छ । जोलीले पनि यो उपाधि स्वीकार गर्दै मौरीको संरक्षण आफूले गर्न सक्ने काममध्ये एक भएको बताएकी छिन् । युनेस्कोले आउँदा पाँच वर्ष मौरीको संख्या चौब्बर बनाउने संकल्प लिएको छ । 


Author

थप समाचार
x