कला

दीपकराज गिरीको दोहोरो चरित्र

इकागज |
जेठ ९, २०७८ आइतबार १५:११ बजे

काठमाडौं : सार्वजनिक मञ्च पाएपछि कलाकार भएभरका ज्ञान छाँट्छन् तर जब व्यवहारमा लागू गर्ने बेला हुन्छ, त्यो ज्ञान कहीँ देखिँदैन । उनीहरूको बोली ‘कन्जम्सन’मा मात्र सीमित हुन्छ । सेलेब्रिटीले रेडियो–टेलिभिजनमा बोल्ने एउटा तर व्यवहारमा अर्कै गरेका उदाहरण प्रशस्त भेटिन्छन् । दीपकराज गिरी यो विरोधाभाषका ताजा उदाहरण हुन् । 

धेरै भएको छैन, दीपकराज गिरीले ‘ऐना’ नामक टेलिभिजन कार्यक्रममा आफूले अनुहारकै कारण दुव्र्यवहार खप्नुपरेको लामा लामा किस्सा सुनाएका थिए । यो क्रममा उनले ‘सुन्दर मेरो नाम’ शीर्षकको फिल्ममा अभिनय गर्दा शारीरिक रुपमा फरक मान्छेलाई समाजले हेर्ने नजर फरक हुँदोरैछ भन्ने अनुभूत भएको बताएका थिए । 


‘मानिसको शारीरिक अवस्थालाई हेरेर जज नगर, ऊभित्र पनि त्यस्तै सपना हुन्छन् भन्ने सन्देश थियो । सिनेमा रिलिज भएको समयमा अपांगता भएका साथीले मलाई आफ्नै कथा देखाइदियो भनेर खुसी पनि हुनुभएको थियो,’ उनले भनेका थिए, ‘सिर्जनाशीलता विकास नभइसकेको अवस्थामा शारीरिक हाउभाउ र बनावटलाई लिएर हँसाउने प्रयास गथ्र्यौं । तर हामी पछिल्लो समय सचेत छौं । कोसिस गरिरहेका छौं । पहिला गरेका यस्ता काममा पछुतो पनि लाग्छ ।’

दीपकराज गिरीले टेलिभिजनमा यसो भनेको एक महिना पनि नबित्दै उनले आफैंले बोलेको कुरा रत्तिभर ख्याल नगरी शारीरिक अपांगतालाई जोडेर स्ट्याटस लेखेका छन् । उनले शनिबार राति पोस्ट गरेको स्ट्याटसमा लेखिएको छ, ‘प्लास्टिकको झोला भन्दा खतरनाक रहन्छ पार्टीको झोला, जसले बोक्यो त्यसको आँखा अन्धो ! कान बहिरो । बुद्धिमा ढक्कन ।’

दीपकराज गिरीले फेसबुकको स्ट्याटसमा राखेका अन्धो र बहिरो दुवै शब्दले शारीरिक दुर्बलतालाई गिज्याउँछन् । यी शब्द प्रयोग गर्नुहुन्न भनेर हजारौं पटक बहस भइसकेको छ । तर, आफैंलाई अनुहारकै कारणले हिरो मानेनन् भनेर गुनासो गर्ने गिरीले फेरि त्यस्तै शब्द प्रयोग गरेर दृष्टिविहीन र सुस्त श्रवणलाई गिज्याउन कसरी सक्या ? 

दीपकराज गिरी यिनै लोकप्रिय हाँस्य कलाकार हुन्, जसले तीतो सत्य नामक शृंखला डेढ दशक जति चलाए, जहाँ शरीरलाई लिएर गैँडा–हात्ती भन्दै बडी सेमिङ गरे । उनको शृंखला हेर्दै हुर्केको पुस्ताले उनीबाट बडी सेमिङ खराब हो भन्ने सन्देश कुनै एपिसोडमा पाएन । शेरबहादुर देउवा, सुशील कोइरालाहरुको बोली–लबजलाई लिएर क्यारिकेचर गर्नु पनि बडी सेमिङ नै हो । 


Author

थप समाचार
x