कला

शिव र रचनाको ‘सुनको चन्द्रमा’

इकागज |
जेठ ९, २०७८ आइतबार १६:२३ बजे

काठमाडौं : गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ । पुष्प आचार्यको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् ।

शंकर बिसीकै निर्देशक तथा कोरियोग्राफी रहेको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता र डा.प्रतीक्षा पौडेलको अभिनय रहेको छ भिडियोमा दुर्गा पौडेलको छायाँंकन, नविन घर्तीमगरको सम्पादन छ ।


भरतपुरको पटिहानीमा छायांकन गरिएको भिडियोमा पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति र हात्ती सफारीलाई देखाइएको छ । भिडियो शिव परियारकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । 


 


Author

थप समाचार
x