कला

मिथुन चक्रवर्तीको ‘डिस्को डान्सर’ अब सांगीतिक नाटक , तिहारमा मञ्चन गर्ने तयारी

इकागज |
जेठ ९, २०७८ आइतबार १७:३८ बजे

मुम्बई :  सन् १९८२ को सबैभन्दा चर्चित फिल्म ‘डिस्को डान्सर’को अब सांगीतिक नाटकको रुपमा दर्शकमाझ आउने भएको छ । मिथुन चक्रवर्तीको मुख्य भूमिका रहेको यो फिल्मलाई सांगीतिक नाटकको प्रदर्शन गर्न लागेका हुन्   संगीतकार जोडी सलिम र सुलेमानले । 

अघिल्लो साल नै मञ्चन हुन लागेको यो नाटक अब भने तिहारको छेको पारेर मञ्चन गर्ने तयारी भइरहेको निर्माता सलिम मर्चेन्टले जनाएका छन् । यसअघि यो नाटक गतवर्षको मेको मध्यतिर मञ्चन गर्ने निर्माताको तयारी थियो । तर, महामारीका कारण सरेर तिहारको छेकोमा रिलिज हुन लागेको हो ।  


सलिम मर्चेन्टले नाटक रिहर्सलको काम धमाधम चलिरहेको बताउँदै आफूहरू मञ्चन लागि अन्तिम तयारीमा रहेको बताएका छन् । उनले यो फिल्मको संगीत आजका दिनमा पनि सान्दर्भिक रहेकाले यसलाई फेरि नयाँ प्रविधिमा रेकर्ड गर्न रमाइलो भइरहेको पनि बताएका छन् । 

राजेश खन्नाको पनि अतिथि भूमिका रहेको यो फिल्म सोभियत युनियनमा सबैभन्दा धेरै कमाइ गर्ने पहिलो हिन्दी फिल्म थियो । यो फिल्ममा रहेका ‘आइ एम अ डिस्को डान्सर’, ‘जिम्मी जिम्मी’, ‘कोही यहाँ नाचे’, ‘याद आ रहा है’ जस्ता गीत सदाबहार गीत मानिन्छन् । 

यो नाटकमा अभिनय गर्ने कलाकारको नाम भने निर्माण टिमले सार्वजनिक गरेको छैन । तर, केही समय अघि सलिम सुलेमानले रिरेकर्ड गरेको यही फिल्मको गीत ‘आइ एम अ डिस्को डान्सर’मा भने टाइगर श्राफले नृत्य गरेका थिए । 


Author

थप समाचार
x