कला

बलिउडमा कुन हिरोसँग रोमान्स गर्न चाहान्छिन् सामन्था ?

इकागज |
जेठ १०, २०७८ सोमबार १४:१७ बजे

मुम्बई : दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनी ‘फेमिली मेन २’मार्फत बलिउडमा प्रवेश गर्दैछिन् । तमिल र तेलगु फिल्ममा सरोबरी देखिने सामन्थाले पहिलो पटक बलिउड प्रोजेक्टमा काम गरेकी हुन् । 

केही दिनअघि मात्र यो वेब सिरिजको ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा सामन्था तमिल विद्रोहीको भूमिकामा छिन् । यो सिरिजमा जहाँ सामन्थाको अभिनयको प्रशंसा भएको छ उहीँ उनले तमिलियनलाई विद्रोहीको रुपमा चित्रण गरेको भन्दै आलोचना पनि भएको छ । सामन्थाले यो आरोपको भने जवाफ दिएकी छैनन् । 


यो सिरिजको प्रचार प्रसारमा लागेकी सामन्थालाई थुप्रै बलिउड फिल्मबाट पनि अफर आइरहेको बताएकी छिन् । पिंकभिल्लासँगको कुराकानीमा उनले भाषाको समस्याका कारण हिन्दी फिल्ममा काम गर्ने हिम्मत भने जुटाउन नसकेको बताएकी छिन् ।

मानौं उनले हिम्मत जुटाइन् रे, त्यो अवस्थामा उनले को हिरोलाई प्राथमिकतामा राख्छिन् ? पिंकभिल्लाले सोधेको यो प्रश्नमा उनले रणवीर कपुरको नाम लिएकी छिन् । उनले आफूलाई रणवीर कपुर मनपर्ने बताउँदै रणवीरसँग अनस्क्रिन रोमान्स गर्ने चाहना रहेको बताएकी थिइन् । सामन्थाले गतसाल मात्र नागा चैतन्यसँग विवाह गरेकी थिइन् । सामन्थाले सन् २०१० बाट अभिनय यात्रा थालेकी थिइन् । 
 


Author

थप समाचार
x