कला

यो मितिमा आउने भयो ‘मनी हेइस्ट’को अन्तिम सिजन

इकागज |
जेठ ११, २०७८ मंगलबार १३:९ बजे

लसएन्जल्स : नेटफ्लििक्सको बहु चर्चित सिरिज ‘मनी हेइस्ट’को अन्तिम सिजन दुई भागमा आउने भएको छ । सोमबार साँझ टिजर सार्वजनिक गर्दै नेटफ्लििक्सले अन्तिम भाग दुई भोल्युममा आउने जानकारी गराएको हो ।

समाचारअनुसार पहिलो भाग सेप्टेम्बर ३ मा रिलिज हुनेछ भने दोस्रो भाग डिसेम्बर ३ मा रिलिज हुनेछ । सिरिजका जन्मकर्ता अलेक्स पिनाले अन्तिम भाग विशेष बनाउने अभिप्रायले थप काम गरेको बताएका छन् ।


‘जब हामीले महामारीकै बीचमा पनि ५ औं सिजनको काम गर्न थाल्यौं महसुस भयो कि १० भागमा हामीले जेजति गर्यौं त्यो परिवर्तन गर्नुपर्छ । हामीले यसको पहिलो भोल्युम पूरा समूहलाई एउटा डोरीमा उनेका छौं । दोस्रो भोल्युममा भने हामीले चरित्रको भावनालाई उतार्ने जमर्को गरेका छौं,’ पिनाले भनेका छन् । 

‘मनी हेइस्ट’ नेटफ्लििक्सको सबैभन्दा चर्चित सिरिज मानिन्छ । यसका चारै सिजनले रेकर्ड तोड दर्शक पाएका थिए । नेटफ्लििक्सले ५ औं सिजनको यो सिरिजको अन्तिम सिजन रहने जनाएको छ । 
  


Author

थप समाचार
x