कला

‘फ्रेन्ड्स’को रियुनियन एपिसोडका लागि कलाकारले कति पैसा पाए ?

इकागज |
जेठ १३, २०७८ बिहीबार १३:२९ बजे

लसएन्जल्स :  ‘फ्रेन्ड्स’ को रियुनियन एपिसोड आउने चर्चा धेरै पुरानो हो । तर, चर्चा चल्न थालेको लामो समयसम्म पनि यसले मूर्त रुप लिन सकेको थिए । तर, महामारीकै बीचमा यसको स्पेसल एपिसोडको काम सकिएको जानकारी आए पछि बल्ल ‘फ्रेन्ड्स’का पुराना कलाकार एकसाथ आउन लागेको कन्फर्म भएको हो । १ भागको यो एपिसोड एचबीओ म्याक्सबाट आज प्रसारण हुँदैछ । 

‘फ्रेन्ड्स’को यो भाग प्रसारण भएसँगै यो सिरिजसँग सम्बन्धित अर्को जानकारी पनि बाहिरिएको छ । त्यो हो, पारिश्रमिकको । नयाँ भागमा काम गर्न कलाकारले कति पैसा लिए होलान् ? धेरै जान्न चाहेको जिज्ञाषा हो यो । १९९४ बाट सुुरु भएर २००४ मा सकिएको यो सिरिजमा जेनिफर एनिस्टन, म्याट लेब्ल्यांक, लिजा कुड्रो, कुर्टनी कक्स, डेभिड सचविमेर र म्याथ्यु पेरीले अभिनय गरेका थिए । रियुनियन सिरिजमा यी ६ जनाले नै अभिनय गरेका छन् । 


उसबेला पनि यो सिरिज उसबबेलाको सबैभन्दा महंगो सिरिज मानिन्थ्यो । सिरिज महंगो बन्नुमा कलाकारले लिने पारिश्रमिक पनि एक थियो । उसबेला नै त्यत्रो विधि पैसा लिने कलाकारलाई फेरि एक ठाउँ जम्मा गर्न पनि निर्माताले कम पैसा तिर्नुनपरेको बताइएको छ ।

भेराइटीले लेखेको समाचार अनुसार ६ जना कलाकारले २५ लाख अमेरिकी डलर अर्थात् ३० करोड नेपाली रुपैंया पाएका छन् । एक भागमा देखा परेवापत् उनीहरू प्रत्येकले ३० करोड रुपैँया प्राप्त गरेका हुन् । यो एपिसोड भारतको ओटीटी प्लेटफर्म जि फाइभले पनि प्रसारण गर्ने बताइएको छ । भारतमा यो रातको १२ बजेपछि सार्वजनिक हुने जनाइएको छ । 


Author

थप समाचार
x