वेब सिरिज बनाउँदै सलोन
अभिनेता सलोन बस्नेतले वेब सिरिज बनाउने जानकारी गराएका छन् । उनले वेब सिरिजसँगै अर्को वर्ष फिचर फिल्म निर्माण गर्ने तयारी गरिरहेको पनि जनाएका छन् । उनले इकागजसँग कुरा गर्दै वेब सिरिजको काम फागुनबाट सुरु गर्ने र फिचर फिल्मको काम अर्को वर्षको जेठ असारबाट सुरु गर्ने बताए ।‘ अहिले सिरिजको लेखनको काम भइरहेको छ । केही दिनमै कास्टिङ गर्छौं । योबीचमा म आफूले सम्झौता गरेका फिल्मको सुटिङ सक्छु । त्यसपछि फिचर फिल्मको काम गर्ने योजना छ,’ सलोनले भने ।
सलोनले वेब सिरिज निर्माण गर्ने जिम्मा सरिन पोखरेललाई दिएका छन् । सरिनले यसअघि ‘यु एन्ड आई’, ‘ट्वान्टी फस्ट लभ’को लेखन तथा निर्देशन गरिसकेका छन् ।
सलोनले फिचर फिल्म निर्देशन गर्ने जिम्मा भने सुरेश न्यौपानेलाई दिएका छन् । थुप्रै फिल्ममा मुख्य सहायक निर्देशक रहेका सुरेशले अहिले पटकथाको काम गरिरहेको सलोनले बताए ।
थुप्रै हिराको करिअर बनाउन सघाएका सलोनमाथि मुख्य हिरोको ‘साइड किक’मात्र बनेको आरोप छ । उनले सोलो खेलेका केही फिल्मले निर्मातालाई निराश बनाएका थिए जसमा उनकै पिता पनि पर्छन् । तर, सलोन अब नयाँ तरिकारले काम गर्ने सोचमा रहेको बताउँछन् । ‘हिजो बाबाले एउटा सोचले फिल्म बनाउनु भयो । मैले उहाँकै सोचमा काम गरेँ । अब म आफ्नै हिसाबले काम गर्छु,’ सलोनले भने । उनले आफ्नो भनाइलाई पुष्टि गर्न ब्यानर नै परिवर्तन गरेको पनि बताए । सलोनका अनुसार हिजोसम्म फिल्म बनाइरहेको सलोन फिल्मस्बाट नभइ अब बन्ने फिल्म वा वेब सिरिज सलोन क्रिएसन्सबाट बन्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया