कला

किशोरमाथि ‘सेकुवा’

इकागज |
मंसिर ७, २०७७ आइतबार १४:५७ बजे

कृष्णदीप सिग्देलद्वारा लिखित किशोर उपन्यास ‘सेकुवा’ प्रकाशित भएको छ । रोमाञ्चक स्वैरकल्पना समेटिको पुस्तक शैली र प्रस्तुतिको कारणले पनि किशोर पाठकका लागि रुचिकर हुने प्रकाशक सांग्रिलाले बताएको छ ।

 ‘नेपाली साहित्यमा बालबालिका र बयस्क पाठकका लागि प्रशस्त सामग्री उपलब्ध भए पनि किशोर उमेर समूहका लागि जति लेखिनु पर्ने हो त्यति लेखिएको छैन  । ‘सेकुवा’ उपन्यासले  त्यही अभाव पूर्तिको काम गर्नेछ,’ सांग्रिलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  


लेखक सिग्देलले उपन्यास किशोरकिशोरीका लागि कोसेली भएको बताएका छन् । ‘किशोरकिशोरी लक्षित किताब कै खडेरी भएको अवस्थामा यो पूर्ण समाधान त होइन तर अभावपुर्तिकालागि एउटा प्रयास भने पक्कै हो । ’ लेखक सिग्देलका यस अघि २ बालउपन्यास र ७५ हाराहारीमा चित्रपुस्तक प्रकाशित भइसकेका छन् । १ सय ८० पृष्ठको यो उपन्यासको मूल्य रु ३ सय ३५ रहेको छ  ।
 


Author

थप समाचार
x