कला

अमेरिकामा नेपाली युवाले बनाए ‘ओभर डोज’

इकागज |
जेठ १४, २०७८ शुक्रबार १८:३१ बजे

काठमाडौं :  अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित रहेर ‘ओभर डोज’  नामको फिल्म बनेको छ । अमेरिकामानै छायांकन गरेर प्राविधिक कामसमेत सम्पन्न भएको फिल्मको शनिबार अर्थात २९ तारिख  अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको छ ।

ड्रग्स र अपराधको कथामा निर्माण भएको  फिल्ममा प्रनिशराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भूमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन  कलाकारको पनि अभिनय देख्न सकिन्छ । 


सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको हो । निर्देशक पौडेलले अमेरिका र नेपालका दर्शकलाई लक्षित गरी दुई भाषामा फिल्म बनाएको जानकारी गराएका छन् । फिल्ममा ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्रा देखाउन खोजेको र दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको  निर्देशक पौडेलले बताए ।  चितवन निवासी पौडेल केही वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन् । 

दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिशराज पन्त बताए । उनी पढाइको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । फिल्मलाई अनुकुल समयमा संसारभर प्रदर्शन गर्ने निर्माणपक्षले जनाएको छ । 


Author

थप समाचार
x