कला

एकैसाथ विवाहका पाँच गीत सार्वजनिक

इकागज |
मंसिर ७, २०७७ आइतवार १७:३३ बजे

काठमाडौं : गीतकार बिनिता खनालले विवाह सम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यो एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाइ’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाइ गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।  कार्यक्रममा यी पाँचवटै गीतका भिडियोसमेत एकसाथ सार्वजनिक गरिएको थियो । सुब्रत राज आचार्यले निर्देशन गरेका भिडियो पालैसँग युट्युबमा सार्वजनिक हुनेछन् । 


‘लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाइ’ मा मेलिना राई र श्रीवास्तव खरेल,  ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाइ गर्न छोरी तिमीलाई’ मा बानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन् ।



पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा–दुलहीको भूमिकामा छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ । गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । दीपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुबोल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् । 
 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार शर्मिला मल्लले गीतमा आफ्नो भूमिका सानो भए पनि काम गर्न निकै रमाइलो भएको बताइन् । रेश्मा र गरिमाले पनि राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । संगीतकार कँडेलले विवाहको समयमा ‘लगनगाँठो’ एल्बममा समावेश गीत घन्कनेमा विश्वास व्यक्त गरेका छन् । अमेरिकामा बसोबास गर्ने गीतकार खनालले छोराको विवाहको समयमा यी गीत लेखेकी थिइन् ।
 


Author

थप समाचार
x