कला

इन्स्टाबाट कुस्त कमाउनेमा शाहरुख–अमिताभभन्दा प्रियंका अगाडि

इकागज |
जेठ १६, २०७८ आइतबार १५:४८ बजे

मुम्बई :  सेलेब्रिटीका लागि सोसल मिडिया फ्यानसँग जोडिने माध्यम मात्र होइन पैसा कमाउने बाटो पनि हो । खासगरी इन्स्टामा सामानको प्रवद्र्धन गरेवापत सेलेब्रिटीले टन्नै पैसा कमाउँछन् ।

शाहरुख खान, अमिताभ बच्चन, प्रियंका चोपडा, आलिया भट्ट सबैले इन्स्टाको पेड पोस्टमार्फत राम्रो आम्दानी गर्छन् । अमिताभ बच्चनका इन्स्टामा २ करोड ६० लाख फ्लोअर छन् । अमिताभले इन्स्टामा एउटो पोस्टको ५० लाखसम्म लिने गरेका छन् । 


शाहरुख खानका करिअर अहिले फ्लप चलिराछ । तर पनि उनलाई पछ्याउनेको जमात कम छैन । उनले एउटा पोस्टको ८० लाख देखि १ करोड भारुसम्म लिने गरेका छन् । 

शाहरुख झैं आलिया भट्टले पनि एउटा पोस्टको ८० लाख भारुदेखि १ करोडसम्म लिने गरेकी छिन् । इन्स्टाबाट कमाउने मामलामा अमिताभ र शाहरुखभन्दा प्रियंका चोपडा धेरै नै अगाडि छिन् । ६ करोड ३८ लाख फ्लोअर भएकी प्रियंकाले भने एउटा पोस्टवापत २ करोड लिने गरेकी छिन् ।  प्रियंका ग्लोबल स्टार बन्ने बाटोमा रहेकाले पनि उनलाई महंगो रकम तिर्ने गरेका छन् । 
 


Author

थप समाचार
x