कला

‘रेस्क्यू म्युजिक अवार्ड’ १७ विधामा, हरेक विधाका विजेतालाई ५ हजार नगद

इकागज |
जेठ १६, २०७८ आइतवार १६:२६ बजे

काठमाडौं : रेस्क्यू क्रियसनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय क्रियसनले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो ।

संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैंयाँ दिइने बताए । ‘स्रष्टाको मेहनतको कदर गर्न हामीले अवार्ड आयोजना गर्न लागेका हौं । त्यसकारण अवार्डसँगै थोरै भए पनि नगद दिन लागेका हौं’, अधिकारीले भने ।


आयोजकले १७ विधाअन्तर्गत विधागत नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘आउटस्टेन्डिङ लिरिसिस्ट(पप\मोडर्न\फिल्म)’, ‘आउटस्टेन्डिङ म्युजिक कम्पोजर (पप\मोडर्न\फिल्म)’, ‘आउटस्टेन्डिङ म्यूजिक एरेञ्जर(पप\मोडर्न\फिल्म)’, ‘आउटस्टेन्डिङ मेल भोकल (पप\मोडर्न\फिल्म)’, ‘आउटस्टेन्डिङ फिमेल भोकल (पप\मोडर्न\फिल्म)’ छन् । 

त्यस्तै ‘आउटस्टेन्डिङ लोकदोहोरी भोकल (लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ लोकदोहोरी लिरिसिष्ट (लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ लोकदोहोरी मेलोडी (लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ मेल आर्टिष्ट (पप\मोडर्न\लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ फिमेल आर्टिष्ट  (पप\मोडर्न\लोकदोहोरी)’ छन् ।

यसैगरी ‘आउटस्टेन्डिङ म्युजिक भिडियो सिनेमाटोग्राफर(पप÷मोडर्न÷लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ म्यूजिक भिडियो एडिटर(पप\मोडर्न\लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ म्युजिक भिडियो कोरियोग्राफर (पप\मोडर्न\लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ म्यूजिक भिडियो डिरेक्टर (पप\मोडर्न\लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ म्युजिक भिडियो अफ द इयर (पप\मोडर्न\लोकदोहोरी)’ छन् ।

अवार्डमा ‘आउटस्टेन्डिङ होस्ट इन ए टक सो’ र ‘आउटस्टेन्डिङ होस्ट इन ए न्यूज एंकर’ विधा छन् । समनका अनुसार अवार्ड वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । ‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पुर्याउनेलाई दिनेछौं’, समनले भने ।
 


Author

थप समाचार
x