कला

अभिनेत्री जुही चावलाले हालिन् भारत सरकारलाई मुद्दा

इकागज |
जेठ १७, २०७८ सोमबार १६:३० बजे

मुम्बई :  अभिनेत्री जुही चावलाले भारत सरकारलाई मुद्दा हालेकी छिन् । उनले फाइभ जी  मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय रोकी पाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले सोमबार दिल्लीको उच्च न्यायलयमा मुद्दा दर्ता गराएकी छिन् ।

जुहीले दर्ता गराएको मुद्दामा फाइजीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैको जीवन तहसनहस बनाउने दाबी गरिएको छ ।  ‘न मान्छे, न जनावर, न चरा,  न किरा, न रुखबिरुवा, यो पृथ्वीका भएका कसैले पनि रेडिएसनको प्रभाव झेल्न सक्दैनन् । फाइफ जी लागू भएपछि अहिलको तुलनामा रेडिएसन सय गुणा बढ्छ,’ जुहीले हालेको रिटमा भनिएको छ । 


जुहीले लागू नै गर्ने भए पनि यस सम्बन्ध प्रशस्त अनुसन्धान हुनुपर्ने र यसको निष्कर्ष जनतालाई देखाउन पनि माग गरेकी छिन् ।  अदालतले भने जुहीको मुद्दालाई जुन २ मा सम्बोधन गर्ने जनाएको छ । सरकारले सन् २०१९ मा गरेको एक निर्णयअनुसार भारतमा फाइभ जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय गरेका थियो । सो समयदेखि नै जुहीले यसको विरोध गर्दै आएकी छिन् । जुहीबाहेक अन्य थुप्रै वातावरणविद्ले पनि फाइभ जीका विरोध गर्दै आएका छन् । 


Author

थप समाचार
x