कला

रश्मिका बनिन् ‘२०२० की मोस्ट डिजाइरेबल महिला’

इकागज |
जेठ १८, २०७८ मंगलबार १५:५१ बजे

मुम्बई :  गुगलबाट ‘नेसनल क्रस’को उपाधि पाएकी रश्मिका मन्दान २०२० कि  ‘मोस्ट डिजाइरेबल महिला’ घोषित भएकी छिन् । बैगलोर टाइम्सले उनलाई यो उपाधि दिएको हो । गत साल बैगलोर टाइम्सले  रश्मिकालाई नै यो उपाधि दिएको थियो । 

कन्नड फिल्म ‘किरिक पार्टी’बाट २०१६ मा डेब्यु गरेकी रश्मिकाले छोटो समयमै तमिल फिल्ममा तहल्का मच्चाएकी थिइन् । तेलगुका सबै चर्चित हिरोसँग फिल्म खेलेकी रश्मिकामा इन्स्टामा मात्र १ करोड ज्यादा फलोअर छन् । तमिलमा भने उनले यही साल डेब्यू गरेकी हुन् । कार्थीसँगको ‘सुल्तान’ उनको तमिलमा पहिलो फिल्म थियो ।


यही साल रिलिज भएको यो फिल्मले औसत प्रतिक्रिया पाएको थियो ।अल्लु अर्जुनसँग खेलेको ‘पुष्पा’को पर्खाइमा रहेकी रश्मिकाले यही साल बलिउड फिल्ममा पनि डेब्यू गरेकी छिन् ।

सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ उनको बलिउड डेब्यू फिल्म रहनेछ भने उनले यही साल मात्र अमिताभ बच्चनसँग ‘गुडबाई’मा पनि काम गर्नेछिन् । ‘पुष्पा’ भने ‘कजीएफ’ झैं दुई भागमा एक साथ बनिरहेको छ । यसको पहिलो भाग यही सालको अगस्टमा रिलिज हुँदैछ भने दोस्रो भाग २०२२ मा रिलिज हुने चर्चा छ । 
 


Author

थप समाचार
x